सिम्तामा १३ सय ५० विपन्न घरधुरीलाई बाख्रा र वोका वितरण

दुर्गा विसि
सुर्खेत ।

सुर्खेतको सिम्ता गाउँपालिकामा अति विपन्न घरपरिवारका १३ सय ५० घरधुरीलाई उन्नत जातका वोका र बाख्रा वितरण गरिएको हाे  ।

हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग साथै प्राविधिक सहयोग,सुन्दर नेपाल संस्था सुर्खेतको सहजिकरणमा संचालित कृषि तथा पशु उद्यम शिलता विकास परीयोजना अन्तर्गत सो कार्यक्रम गरिएको जनाएको छ । सिम्ता गाउँ पालिकाको ९ वटै वडामा १३ सय ५० विपन्न, दलित तथा जनजाति समेतका परिवारहरूका विभिन्न ५४ वटा स्वावलम्वी समूहहरूलाई उन्नत जातका बाख्रा हसतानतरण गरिएकाे  छ ।

सहकारीमा संगठित गरी सामाजिक पूजीको अभिवृद्धि गर्नै, कृषि उपज तथा पशुवस्तुहरूको गुणस्तरिय उत्पादन, उत्पादकत्व मूलत बाख्रा केन्द्रीकृत उद्यमशिलता अभिवृद्धि गर्ने मुख्य उदेश्य लिए अनुरुप सिम्तामा सो कार्यक्रम किसान मैत्री वनेको छ ।


 

बजारीकरण गर्ने कुरामा सहजीकरण गर्ने तथा कृषि उपज तथा पशुवस्तुहरूको विषयगत क्षेत्रको विकासका लागि संस्थागत संयन्त्र निर्माणार्थ सकारात्मक वातावरण सृजना गर्ने भन्ने उद्धेश्यका साथ संचालित कार्यक्रम अन्तरगत ९ वटा मुल समुहमा ९ वटा उन्नत जातको वोका तथा ७२ वटा वाख्र्रा वितरण कार्यक्रम सम्पन्न गरीएको छ ।

सिम्ता गाउँपालि वडा नंः ३ का वडा अध्यक्ष लोक वहादुर शाही, वडा न ४ का वडा अध्यक्ष विरेन्द्र सिंह, वडा नं ६ का वडा अध्यक्ष गुलाव सिंह ठकुरीले वाख्रा तथा वोका उपहार कार्यक्रम पुगि विभिन्न समुहलाइ बाख्रा वितरण गरेका थिए । बाख्रा तथा उन्नत जातका वोका उपहार वितरण कार्यक्रममा संस्थाका कार्यक्रम संयोजक ओम प्रकाश थापा र कार्यक्रमका सहजकर्ता उदय केसीको उपस्थिति रहेका थियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार