सुर्खेत-दैलेख जिल्ला समन्वयमा बहुमत नपुग्दा सकस

दैलेख, १३ जेठ ।
स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएसंगै जिल्ला समन्वय समिति गठनका लागि बहुमत नपुग्दा काँग्रेस र एमालेलाई सकस परेको छ । सुर्खेत र दैलेखमा कुनै पनि पार्टीको एकल बहुमत पुग्न नसक्दा माओवादी र एकीकृत समाजवादी पार्टी निर्णायक देखिएका हुन् ।

दलहरुबीच एकल बहुमत नपुग्दा गठबन्धन या अन्य पार्टीसंग समन्वय गरेर बहुमत पुरयाउने कसरतमा काँग्रेस एमाले लागेको छन् । दलहरुविच स्थानीय तहको चुनाव सकिएसंगै जिल्ला समन्वय समिति गठनका लागि भागबन्डा कसरी गर्ने भन्ने विषयमा छलफल चलेको नेताहरुले जानकारी दिएका छन् ।

११ स्थानीय तहमा रहेको दैलेखमा २२ प्रमुख र उपप्रमुखमा समन्वय समिति गठन गर्न १२ मत आवश्यक पर्छ । जसमा नेपाली काँग्रेससंग ९ मत, नेकपा एमालेसंग १० मत, नेकपा माओवादी केन्द्रसंग २ मत र एकिकृत समाजवादीसंग १ मत रहेको छ । दैलेखमा समन्वय समिति बहुमत पु¥याउन एमाले र काँग्रेसलाई माओवादी र समाजवादीकै भर पर्नुपर्ने देखिन्छ ।



त्यस्तै जिल्ला समन्वय समिति गठन गर्नका लागि एमालेसंग बहुमत पुग्दैन् । ९ स्थानीय तह रहेको सुर्खेतमा १८ मत हुन्छ जसमा बहुमत पुग्न १० मत चाहिन्छ । त्यसका लागि एमालेसंग एकल ९ मत रहेको छ । काँग्रेससंग ८ मत रहेको छ भने माओवादीसंग १ मत रहेको छ । यदि गठबन्धन एक भएर माओवादीको १ मत काँग्रेसले लिएमा ९ मत हुनेछ ।

एमाले र काँग्रेसबीच गोलाप्रथाबाट सुर्खेतमा जिल्ला समन्वय समिति गठन गर्नुपर्ने अवस्था आउने छ । माओवादी एमालेसंग मिलेमा समन्वय समिति सिधा एमालेले गठन गर्नेछ ।नेकपा एमालेले जिल्ला समन्वय समितिको लागि दैलेखमा २ नगरपालिका प्रमुख, ३ उपप्रमुख, २ गाउँपालिका अध्यक्ष, ३ उपाध्यक्ष जितेर १० पदमा विजयी भएको छ । नेपाली काँग्रेसले २ नगरपालिका प्रमुख, २ उपप्रमुख, ३ गाउँपालिका अध्यक्ष, २ उपाध्यक्षसहित ९ पदमा चुनाव जितेको छ । माओवादी केन्द्रले २ गाउँपालिका अध्यक्ष र एकीकृत समाजबादी पार्टीले १ गाउँपालिका उपाध्यक्षमा विजयी भएको हो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार