सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते

सल्यान । सल्यानकाे  बागचाैरमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङ तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिल कुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौर स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

बस ओरालोमा भएको र बस चालकले बस रोकी साइड हेर्न झरेको समयमा एक यात्रुले गियर चलाएपछि बस दुर्घटना भएको सल्यान प्रहरीकाे अनुमान छ  । घटना बारे थप विवरणा भने अाउँन बाँकी नै छ ।

तपाईको प्रतिक्रिया