हालको विमानस्थल विस्तार गर्न माग

सुर्खेत, ११ जेष्ठ ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रममा सुर्खेतको रामघाट क्षेत्रमा नयाँ विमानस्थल निर्माणको विषय समेटिसक्दा यता सुर्खेत उद्योग वाणिज्य संघले भने वीरेन्द्रनगरमा रहेको हालको विमानस्थल विस्तारका लागि माग गरेका छन् ।

विमानस्थल विस्तारका लागि नवनिर्वाचित वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराउदै संघले हालको विमानस्थल उपयुक्त अवस्थामा रहेको र धावनमार्गलाई चार सय मिटर विस्तार गर्नासाथ सुर्खेतमा हवाई उडान चाप बढ्न सक्ने जनाएको छ ।

संघका अध्यक्ष लक्ष्मण कँडेलद्वारा हस्ताक्षरीत विज्ञप्तीमा वैकल्पिक विमानस्थलको विकासमा राज्यको ढुकुटी र समय खर्च गर्नुभन्दा हालको विमानस्थलको विस्तार नै उपयुक्त रहेको बताइएको छ । नवनिर्वाचित नगरप्रमुख मोहनमाया भण्डारी समक्ष संघले विमानस्थल विस्तारका लागि ध्यानाकर्षण पत्र बुझाएको हो ।

तपाईको प्रतिक्रिया