सुर्खेतका किरणलाई राष्ट्रिय पारा भारोत्तलनमा स्वर्ण

सुर्खेत ।  राष्ट्रिय पारा भारोत्तलन प्रतियोगिता २०७९ मा सुर्खेतका किरण सापकोटाले स्वर्ण पदक जितेका छन् ।

सोमबार काठमाडौंमा राष्ट्रिय पारा भारोत्तलन खेलकुद संघ नेपालले आयोजना गरेको प्रतियोगितामा सापकोटाले प्रथम स्थान हाँसिल गरेका हुन् । भारत्तोलन ७२ केजी तौल पुरुषतर्फ सापकोटाले स्वर्ण पदक जितेका हुन् ।

देशभरबाट खेलाडीहरूले प्रतिस्पर्धामा भाग लिएका थिए । किरण सापकोटाले कर्णालीबाट प्रतिनिधित्व गरेर प्रतियोगितामा सहभागी भएका हुन् ।

प्रतियोगिता जितेकोमा खुसी हुँदै सापकोटाले अपांगता भएका व्यक्तिहरूले पनि केही गर्न सक्छन् भन्ने उदारणका रूपमा आफू प्रस्तुत भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया