के पढ्दै हुँनुहुन्छ तपाईं ?

विनीता वोगटी

आजैबाट तपाईंको घर टोल, छिमेकमा यस्तो प्रकारको वातावरण सिर्जना गरौँ न है सबैले एकपटक । तपाईंको श्रीमान, छोरा, दाईभाइ, काका, मामा वा घरको हजुरबुवा, पुसाई, दाइ, भाइ, भतिज कुनै पनि पुरुष सदस्यले कहीँ कतै कोही महिलामाथि यौनहिँसा गरेको छ वा छैन भनि प्रश्न उठाउनुुहोस् ! तपाईंको लागि भगवान सरह नै भएपनि उनीहरूले अरुमाथि यौन दुर्व्यवहार नगर्लान् त भन्न सकिँदैन । यस्तो प्रश्न गर्दैमा उनीहरूले आफ्ना विगतका गल्ती त नबताउलान् तर भविष्य्मा यस्तो गल्ती गर्न पक्कै डराउनेछन् ।

तपाईंको घरका छोरीहरूले कहिले कुुनै कालखण्डमा यौनजन्य दुर्व्यवहार भोग्नु परेको छ वा थियो की ? भनी घरका छोरीहरूलाई पहिले प्रश्न गर्नुहोस् ! आफू उनको साथमा रहेको भरोषा दिलाएर नडराइ यस्ता कुरा बताउन भन्नुहोस् । प्राय हरेक घरका छोरीहरूले केही न केही अनुभव पक्कै सुनाउने छन् । यदि छोरीहरूले कुनैपनि किसिमको यौनजन्य हिँसा वा असजताबारे भएको घटना भएको बताएमा कानुनी उपचार वा उनीहरूलाई मनोपरामर्शको व्यवस्था गरिदिनुहोस् ! उनिहरूलाई माया र साथ सधै दिनुहोस् ।
यौन हिसां गरेमा के कस्तो कानुनि सजाय हुन्छ त्यसको जानकारि दिनुहोस् !


नेपालमा भएका थुप्रै बलात्कार घटनाले परिवारको समस्या व्यक्तिको मानसिकता सम्बन्धि उनिहरुलाई बच्ने उपाय सिकाउन थाल्नुपर्छ अब ।
छोराछोरीको साथीजस्तो बन्नुहोस् जसले गर्दा उनीहरूले गल्ती गरेपनि वा उनीहरूमाथि गलत भए पनि तपाईंलाई खुलेर बताउन सक्ने छन् । पहिले फर्अमफ्नो परिवारको छोरोछािको जीवन सुरक्षा गर्नुहोस् ! यहाँ कोहि कसैको भरोसामा पर्नु राम्रो होइन् । छोरीहरू यौन हिंसामा पर्लान् भनेर उनिहरूको केही कुराबाट बञ्चित गर्ने होइन, उनिहरूको लागि सुरक्षित संसार निर्माण गर्न छोराहरूलाई यौन पिपासु, बलत्कारी हुन नदिन आजैबाट यौनजन्य र लैङ्गिक हिंसाका विषयमा खुलेर कुरा गर्नुपर्छ । कोहीपनि यौनजन्य हिंसामा परेको थाहा पाउनु भएमा कानूनी उपचारका लागि सहयोग गर्न आवाश्यक छ ।

यौनजन्य हिंसाको अन्त्य तबमत्र सम्भव छ जब पहिले हरेक घर ’सुरक्षित’ हुन्छ साथै आफ्नो मानसिकता लाई परिवर्तन गर्दछ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार