भेरीगंगाका जनप्रतिनिधीलाई प्रमाण–पत्र वितरण

सुर्खेत, ८ जेष्ठ ।
भेरीगंगा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाण–पत्र वितरण गरिएको छ । नगरका १३ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधीहरुलाई निर्वाचन अधिकृत नगेन्द्र लम्सालले प्रमाण–पत्र वितरण गरेका हुन ।

प्रमाण–पत्र वितरण गर्दै निर्वाचन अधिकृत लम्सालले निर्वाचनलाई भव्य, सभ्य र सहज रुपमा सम्पन्न गर्नका लागि भेरीगंगाका सम्पूर्ण सरोकारवाला तथा राजनितीक दल, सुरक्षा निकाय लगायतले महत्वपुर्ण सहयोग गरेको भन्दै भेरीगंगा नगरबासीलाई धन्यावाद दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख यज्ञ प्रशाद ढकाल, उपप्रमुख धनसरा बोहोरा लगायत १३ वटै वडाका निर्वाचित जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया