गुर्भाकोटमा शिव शिखरको नयाँ शाखा शुभारम्भ

दिलिप ढकाल
गुर्भाकोट, ८ जेष्ठ ।
गुर्भाकोटमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औं शाखा सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रमका बीच गुर्भाकोट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख हस्त पुन र उप–प्रमुख मैना बिकले सँयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

शाखा शुभारम्भ गर्दै गुर्भाकोट नगरपालिकाका नव निर्वाचित नगर प्रमुख हस्त पुनले सहकारी र मार्टकोे सञ्चालनले स्थानीयलाई सबै सेवा एकै ठाउँमा लिन सजिलो हुने बताए । उनले भने, ‘यसले हाम्रो ठाउँमा व्यवसायिक गतिविधि बृद्धि हुनेछ र स्थानीयलाई आयआर्जनका लागि पनि सहयोग पुग्नेछ ।

उपभोक्तालाई दैनिक रुपमा आवश्यक पर्ने सामानहरु, दाल चामल, किचन आईटम, ईलेक्ट्रोनिक्स सामानहरु फ्रिज, वासिङ्ग मेसिन, आइरन, गिजर लगायत विद्युतीय उपकरणहरु, महिलाहरुका लागि श्रृंगारका सामग्री एउटै छानामुनी उपलब्ध गराउने तथा र सहज रुपमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सहकारी र मार्टको नयाँ शाखा सञ्चालनमा ल्याइएको संस्थाका मार्केटिङ्ग अफिसर प्रेम बहादुर रजालीले जानकारी दिए ।

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको २७ औं शाखा तथा गार्डेन मार्टको १८ औं शाखा शुभारम्भको अवसरमा विविध सामाग्री खरिदमा उपभोक्तालाई विशेष छुटको व्यवस्था गरिएको समेत जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया