कर्णाली प्रदेशसभाको १० औं बैठक जेठ १० मा

सुर्खेत । कर्णाली प्रदेशसभाको १० औं बैठक जेठ १० गते बस्ने भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ ९१० बमोजिम अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले जेठ १० गते प्रदेशसभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सविधानमा प्रदेशसभाको अधिवेशन प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले आह्वान गर्ने व्यवस्था छ ।

प्रदेशसभाको नवौँ अधिवेशन गत वैशाख २१ गते अन्त्य भएको थियो । १०औँ अधिवेशनमा प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ ।

तपाईको प्रतिक्रिया