आठबीसका मेयर/उपमेयरको पहिलो निर्णयः तीन वर्षभत्रि सबै घरमा विजुली, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

दैलेख । दैलेखको आठबीस नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले शुक्रबार पदाभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनीहरुले पहिलो निर्णय आगामी ३ वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विजुली बाल्ने बताएका छन् ।

मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विजुली बाल्ने पहिलो निर्णय गरेका हुन् ।

यस्तै उपप्रमुख कल्पना थापाले आठबीसका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धारका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिने निर्णय गरेकी छन् ।

उपमेयर थापाले स्वास्थ्य संस्थामा सुत्केरी हुन अहिले पनि धेरै महिलाहरु नआएको भन्दै त्यसकै कारण नवजात शिशुको ज्यान जोखिममा पर्ने गरेको  बताइन् । उनले सुरक्षित सुत्केरीको कार्यक्रमलाई जोडतोडका साथ चलाइने बताइन् ।

तपाईको प्रतिक्रिया