संघर्ष गर्दै जाँदा सफलतामा

शान्ति सिंह, अध्यक्ष/साना किसान सहकारी संस्था, वीरेन्द्रनगर–९ सुर्खेत ।

मानिसको सोच र व्यवहार परिवर्तनशिल हुन्छ । यही परिवर्तनको चाहनाले गर्दा नै समाज पनि बदलिन्छ । त्यसको लागि इच्छाशक्ति पनि आवश्यक छ । त्यस्तै मध्येका एक हुन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीमा रहेको साना किसान सहकारी संस्थाका अध्यक्ष शान्ति सिंह । आफ्नो पढाई पुरा गर्नेदेखि घरको जिम्मेवारी निभाउँदै सामाजिक काममा सक्रिय भइन ।

अनि सहकारीको बाटो उनले समाइन । मेहेनत र संघर्षका कारण उनी अहिले करिब २५ सय जना व्यक्तिको नेतृत्व गर्न सक्ने भइन । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै सिंहसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

रमाइलो बाल्यकाल
बुवा भक्त बहादुर सिंह र आमा गोकर्ण कुमारी सिंहको कोखबाट २०२६ साल असार २६ गते वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ अलायचौरमा शान्ति सिंहको जन्म भएको हो । उनी घरको जेठो छोरी हुन । उनका पाँच भाई दुई बहिनी छन् । परिवार कृषि कर्ममा निर्भर थियो । बुवा भने तत्कालिन समयमा गाउँ पञ्चायत भएर काम गर्थे ।

मध्यम खालको आर्थिक अवस्था परिवारको थियो । उनको बाल्यकाल पनि त्यही गाउँमै बित्यो । उनले सानो कक्षा गाउँकै कोपिला मावी पर्सेनीमा ३ कक्षासम्म पढिन । ४ कक्षादेखि ७ कक्षासम्म शिव मावि लाटीकोइलीमा पढिन ।

अनि ८ कक्षादेखि भने उनले वीरेन्द्रनगर–६ मा रहेको जन माविमा पढिन । सानैदेखि उनले सामाजिक काममा चासो दिन्थिन । बुवा तत्कालिन गाउँ पञ्चायतको प्रधान भएको हुँदा पारिवारिक वातावरण पनि उनलाई सामाजिक काममा चासो जान्थ्यो । चलाख स्वभावकी उनले हरेक कुरा सोचेर गर्थिन ।

सरकारी जागिरी खाने लक्ष्य पुरा भएन्
माध्यमिक शिक्षा पढ्दै गर्दा उनको लक्ष्य भनेको सरकारी जागिरी खाने थियो । तर ९ कक्षा पास भएपनि सिंहको बिवाह भयो । बिवाहपछि जिम्मेवारी थपियो । आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने एकातिर अर्कोतिर घर व्यवहार धान्नुपर्ने उनले आफ्नो पढाईलाई रोक्नुपरयो ।

सानैदेखि पढेर सरकारी जागिरी गर्ने उनको लक्ष्य अधुरै रह्यो । अनि बिवाहपछि भने उनले सामाजिक कामहरु गर्न थालिन । सामाजिक काम गर्दै गर्दा गाउँमा विश्वास बढ्दै गयो ।

हरेक काममा मानिसहरुले उनको विश्वास गर्थे । घर परिवारको पनि राम्रो साथ थियो । उनले सरकारी जागिरी भन्दा सामाजिक काम गर्ने सोच बनाइन ।


फेरी पढाईलाई निरन्तरता
सिंहले सामुदायिक वन उपभोक्ता महासंघमा काम गर्न थालिन हरेक कामको अनुभव भएपनि विभिन्न काम गर्दै गर्दा योग्यता पनि आवश्यकसँगै उनलाई पनि पढाईलाई निरन्तरता दिने सोच बनाइन । अनि उनले आफ्नो पढाईलाई निरन्तरता दिन थालिन ।

उनले दैलेखको गुराँस गाउँपालिकाको जयजनता माविमा नाम लेखाइन । अनि आफ्नो काम गर्दै पढ्दै गरिन । २०६५ सालमा उनले त्यही माविबाट एसएलसी पास गरिन । अनि २०६८ सालमा उनले दैलेखको नौमुलेबाट प्लस टु गरिन । आफ्नो पढाई पुरा गर्ने धोको उनले पुरा गरिन ।

विभिन्न सामाजिक क्षेत्रमा सक्रिय
बुवाको प्रेरेणा र उनको परिवारको साथले विभिन्न सामाजिक क्षेत्रमा काम गरिन् जुनसुकै क्षेत्रमा काम गरेपनि उनी सफल हुँदै गइन । उनी सामुदायिक वन उपभोक्ता समुहमा सचिव भएर पाँच बर्ष काम गरिन । त्यहाँ राम्रो काम गरेपछि उनलाई सामुदायिक वन उपभोक्ता महासंघमा पाँच बर्ष कोषाध्यक्ष भएर काम गरिन अनि महासंघकै पाँच बर्ष केन्द्रीय सदस्य बनिन ।

भने शिक्षा क्षेत्रमा पनि उनले काम गरिन । ५ बर्ष बामेखोलाको एउटा विद्यालयमा पढाइन । स्वास्थ्य क्षेत्रमा पनि उनले पाँच बर्ष काम गरेको अनुभव छ । रुकुममा गएर उनले काम गरिन । उनले हरेक सामाजिक क्षेत्रमा काम गरिन, सफलता प्राप्त गरिन ।

अनि सहकारी क्षेत्रमा प्रवेश
विभिन्न क्षेत्रमा काम गर्दै गर्दा महिलाहरुको धेरै समस्याहरु देखेपछि उनले सबै महिलाहरुलाई संगठित बनाएर एउटा सहकारी खोल्ने प्रस्ताव गाउँका महिलाहरु समक्ष राखिन । महिलाहरुलाई आयआर्जनको बाटोमा लैजाने उद्देश्यले कृषि पशुपालन महिला सहकारी दर्ता गरियो । ३१ जना सदस्यबाट शुरु गरिएको सहकारीको उनी संस्थापन अध्यक्ष भएर काम गरिन ।

अहिले तीन सय शेयर सदस्य छन् । त्यहाँ अर्को व्यक्तिलाई जिम्मेवारी दिएर उनी अहिले जिल्ला बहुद्देश्यीय सहकारी संघको कोषाध्यक्ष भएर काम गरिरहेकी छन् भने अर्कोतर्फ २०५४ सालमा स्थापना भएको साना किसान सहकारी संस्था वीरेन्द्रनगर–९, लाटीकोइलीको संस्थापन सदस्य रहेकी उनी अहिले त्यहि सहकारीको अध्यक्ष भएर काम गरिरहेकी छन् ।

त्यो सहकारीमा अहिले २५ सय महिला शेयर सदस्यहरु छन् । भने विगतमा चुलोचौकोमा रहेका महिलाहरु २ सय महिलाहरु उद्यमी बनेका छन् । भने उनलाई सहकारी क्षेत्रको धेरै अनुभव छ । पछाडी परेका व्यक्तिहरुलाई अगाडी ल्याउन सहकारी क्षेत्रमा लाग्नुपर्ने उनी बताउँछिन ।

जीवनमा संघर्ष
उनले जीवनमा धेरै संघर्ष गर्नुपर्यो । एकातिर घरपरिवारको जिम्मेवारी पुरा गर्नुपर्ने, छोराछोरी हुर्काउनुपर्ने अर्कोतिर थियो । आफ्नो पढाई पुरा गर्नुपर्ने छुट्टै थियो । सामाजिक काममा पनि लाग्नुपर्ने भएकाले उनले जीवनमा धेरै संघर्ष गरिन । एकातिर आफ्नो पढाई पनि पुरा गरिन ।

सहकारीको बाटो समाइन अनि संघर्ष गर्दै जाँदा उनी सफलतामा पुगिन । अहिले उनी २५ सय जनाको नेतृत्व गरेकी छन् । उनी भन्छिन, मानिस सफलतामा पुग्न संघर्ष गर्नुपर्ने रहेछ । संघर्षले नै मानिसलाई सफल बनाउँछ । राजनितिक क्षेत्रमा पनि सक्रिय भएकाले उनी राजनितिबाटै समाज सेवामा लाग्ने योजना आगामी योजना बनाएकी छन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार