रुकुम पश्चिममा माओवादीको एकाधिकार तोड्यो काँग्रेसले, ६ मध्ये दुईमा काँग्रेस, चारमा माओवादीले पायो नेतृत्व
चौरजहारी नगरपालिकामा माओवादीका पुष्प बादी, आठबिसकोटमा रबि केसी, सानीभेरी गाउँपालिकामा माओवादीकै बिर्खबहादुर बिस्ट र त्रिवेणीमा गणेशबहादुर केसी निर्वाचित भएका छन् ।
मुसिकोट नगरपालिकाको मतगणना आज बिहान सकिएको छ ।अर्थमन्त्री जनार्दन शर्माको गृह पालिका समेत रहेको यहाँ काँग्रेस विजयी भयो । एमाले र काँग्रेस मिलेर माओवादीबाट सत्ता हातमा लिएका हुन् । काँग्रेसका महेन्द्र केसीले ६ हजार ९ सय १४ मत ल्यायर विजय भएका छन् ।
उनका प्रतिद्वन्दी समाजवादी र नेकपा माओवादी केन्द्रका उम्मेदवार बसन्त शर्माले ६ हजार ९ सय १ ल्यायर पराजित भए ।
सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार बिर्खबहादुर बिस्ट विजय भएका छन् । उनले ६ हजार २९ मत ल्यायर बिजय भएका छन ्र उनका प्रतिद्वन्दि नेपालि कांग्रेसका उम्मेदवार ४३ सय २० मत ल्यायर पराजित भए ।
चौरजहारीमा माओवादीका पुष्प बादी विजय भएका छन् । उनले ६ हजार ८ सय ८२ मत ल्यायर विजय भए । प्रतिदद्धन्दी प्रेमप्रकाश ओलीले ३ हजार ३ सय ११ मत ल्याए ।
त्रिवेणी गाउँपालिकामा माओवादीका गणेशकुमार केसीले ५ हजार १ सय २९ मत ल्यायर विजय हुँदा भयका छन उनका प्रतिद्धन्दी काँग्रेसका अमरसिंह खड्काले ४ हजार १ सय ९३ मत पाए ।
बाँफिकोट गाउँपालिकामा काँग्रेसका उम्मेदवार जनककुमार बाठा विजय भएका छन् । उनले ४ हजार ४ सय ५५ ल्यायर विजय हुँदा उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार चन्द्रबहादुर केसीले ४ हजार ४ सय २४ मत पाउ ।
आठबिसकोट नगरपालिकामा प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार रबि केसीले ७ हजार ३ सय ९९ मत ल्यायर निर्वाचित हुँदा गठबन्धनका उम्मेदवार धिरेन्द्रकुमार बटलाले ६ हजार ६ सय १५ ल्यायर पराजित भए ।
यो जिल्लामा सत्तारुढ गठबन्धन थिएन् । माओवादीको वर्चश्व रहेकाले यहाँ काँग्रेसले अन्य दलहरुसँग मिलेर माओवादीको वर्चश्व भत्काउने प्रयत्न गरेको थियो । काँग्रेस यहाँ तेस्रो शक्तिका रुपमा छ ।
