पालिका नवनिर्वाचित प्रमुखहरुलाई सपथ

अमर सुनार
दैलेख, ६ जेष्ठ ।
स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित दैलेखका पालिका प्रमुखलाई एक समारोहबीच पद तथा गोपनीयताको सपथ गराइएको छ । मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले जिल्ला चार नगरपालिका र सात वटा गाउँपालिकाका अध्यक्षहरुलाई सपथ गराउनुभएको हो ।

दुल्लू नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजाल, नारायण नगरपालिकाका नगर प्रमुख  लोमन शर्मा, चामुण्डाबिन्द्रासैनी नगरपालिका नगर प्रमुख  गणेशबहादुर शाही, आठबीस नगरपालिकाका नगर प्रमुख  तर्कबहादुर बडुवालले सपथ लिनुभएको थियो ।

कायक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बीसी, नौमूले गाउँपालिकाका अध्यक्ष छबि सुवेदी, भैरबी गाउँपालिकाका अध्यक्ष  रिता शाही, भगवतीमाई गाउँपालिकाका अध्यक्ष  गणेशबहादुर थापा, ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष  रक्षबहादुर शाही, महाबु गाउँपालिकाका अध्यक्ष  लक्षुमण गुरुङ्गू र डुंगेश्वर गाउँपालिकाका अध्यक्ष  सुन्दर केसीलाई सपथ गराइएको थियो ।

वैशाख ३० गते एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल जेठ ६ गतेदेखि सुरु हुँदैछ । कार्यभार सम्हाल्नुअघि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ दिनुपर्ने कानुनी व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएका नगरपालिका मेयरले उपमेयर, वडाध्यक्ष र सदस्यहरुलाई तथा गाउँपाालिकाका अध्यक्षले उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुलाई सपथ गराएपछि मात्र पदीय जिम्मेवारी सम्हाल्नु हुनेछ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकारी मनमाया काउचाले ११ पालिकाका प्रमुख तथा उपप्रमुख समेत २२ जना, सबै पालिकाका ९० वडामा ९० वडाध्यक्ष, ९० महिला सदस्य, दलित सदस्य ९० र खुला तर्फ एक सय ८० जनागरी ४ सय ७२ जना जनप्रतिनीधि चुनिएका छन् ।

दैलेखका ११ पालिकामा सबै भन्दा धेरै काँग्रेसले ५, एमालेले ४ र नेकपा माओवादी केन्द्रले २ पालिका प्रमुख जितेका छन् । जिल्ला समन्वय समिति निर्वाचनका लागि मतदाता रहने पालिका प्रमुखहरु र उपप्रमुख समेत २२ जना मध्ये गठबन्धन समूहमा ११ जना र नेकपा एमालेमा ९ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया