जाजरकोटका नवनिर्वाचित प्रतिनिधिलाई सपथ ग्रहण

मोहन सिंह
खलंगा, ६ जेष्ठ ।
जाजरकोटका नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहण गरेका छन् । बिहीबार दिउँसो १ बजे जिल्ला अदालतको कार्यलयमा उपस्थित भई सपथ ग्राहण गरेका हुन ।

जाजरकोटका ७ वटै स्थानीय तहका नवनिर्वाचित प्रमुख र अध्यक्षले शपथ खाएका छन् । जिल्लाका तीन वटा नगरपालिका र ४ वटा गाउँपालिकाका अध्यक्षले पद तथा गोपनीयतको शपथ लिएका हुन् । स्थानीय तहको प्रमुख र अध्यक्षले जिल्ला न्यायाधीशबाट शपथ ग्रहण लिनुपर्ने व्यवस्था छ ।

सोही बमोजिम जिल्ला न्यायाधीस एवं मुख्य निर्वाचन अधिकृत यज्ञ प्रसाद आचार्यले शपथ ग्रहण गराएका हुन् । भेरी नगरपालिकामा नेकपा एमालेका चन्द्रप्रकाश घर्ती (सिपी), नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्रका डम्बरबहादुर रावत (नविन), छेडागाड नगरपालिकामा रत्नबहादुर खड्का नगरप्रमुखमा निर्वाचित भएका छन् ।

त्यस्तै, बारेको गाउँपालिकामा नेकपा एमालेका वीरबहादुर गिरी, शिवालय गाउँपालिकामा नेपाली काँग्रेसका शेरबहादुर शाही, जुनीचाँदे गाउँपालिकामा नेकपा एमालेका वेदबहादुर शाही र कुशे गाउँपालिकामा नेपाली काँग्रेसका हरिचन्द्र बस्नेत निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया