गोला प्रथाबाट एमाले वडा अध्यक्ष पदका उम्मेदवार पराजित

सुर्खेत, २ जेष्ठ ।
पञ्चपुरी नगरपालिका वडा नं. ३ मा नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार गोला प्रथाबाट हारेका छन् । नेपाली काँग्रेसका उम्मेदवार बलबहादुर रोकाय ६७३ मत र नेकपा एमालेका उम्मेदवार चन्द्रवीर रावतको ६७३ बराबर मत प्राप्त गरेका थिए ।

निर्वाचन प्रकृयाको कानून अनुसार बराबर मत प्राप्त गरेको खण्डमा गोला प्रथाबाट एक मत थप गरी विजयी गराउने कानूनि प्राव्धान रहेको छ । सोही अनुसार गोलाप्रथा गर्दा एमाले उम्मेदवार रावत पराजित भएका हुन ।

वडा सदस्यमा नेकपा एमालेका उम्मेदवारहरुको प्यानलै विजयी भएका छन् । वडा सदस्यमा भक्तिराम सुवेदी ६४९ मत, सुरज कार्की ६३४ मत, गौरादेवी माझी ६८८ मत, पार्वती विकले ६७५ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया