बनगाड कुपिण्डे वडा नं. ४ र १० मा एमाले उम्मेदवार विजयी, मेयर र उपमेयरमा दोव्वर मतान्तर

दुर्गा विसि
सल्लीबजार, २ जेष्ठ ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा गठबन्धनका उम्मेदवारलाइ पराजित गर्दै दुइ वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  वडा नं ४ मा गठबन्धनका वलवहादुर वुढालाई ४८ मतान्तरको अन्तरले एमालेका पुष्कर वुढा ५ सय ३ मत ल्याई विजय भएका छन् । वुढाको भने ४ सय ५५ मत आएको छ ।

मेयरमा माओबादी केन्द्र (गठबन्धन)कर्णवहादुर वुढाथोकी (छहारि)–४२७० मत, नेकपा एमालेका गोविन्द कुमार पुन–२४७२ मत, राप्रपा शिव वहादुर वली–१३० मत, राप्रपा नेपाल वालाराम शर्मा–५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेस पुरुषोतम आचार्य–३२२७ मत, नेकपा एमाले तथा स्वतन्त्र तर्फबाट दिपेन्द्र विष्ट–२२९५ मत, राप्रपा सृष्टि शाह–१५२ मत रहेको छ ।

गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार पुष्कर वुढा विजय भएका छन् भने सदस्य तर्फ गठबन्धनमा माओवादी केन्द्र र कांग्रेसका तर्फबाट ३ सदस्य र महिला दलित सदस्यमा एमालेले विजय प्राप्त गरे ।

वडा नं. १० को मत गणना सम्पन्न भएको छ । जसमा नेकपा एमालेका मोते घर्तीको प्यानल बिजयी भएका छ । जसमा घर्तीले ३०४ मत ल्याएका छन् ।

नेपाली काँग्रेसका पुनाराम थापाले २८३ मत र माओवादी केन्द्रका सुकलाल थापाले १९७ मत ल्याएका छन् । नन्दलाल पुन ३१३ खली पुन ३१८ महिला सदस्य सितली पुन ३३२ दलित महिला मन्जु कामी ३१६ सहित विजय भएका छन् ।

तपाईको प्रतिक्रिया