बनगाडकुपिण्डे–११ मा माओवादीका बुढामगर बिजयी

दुर्गा विसी
सल्लीबजार, १ जेष्ठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ११ को मत गणना सम्पन्न भएको छ । जसमा नेकपा माओवादी केन्द्रका वीर बहादुर बुढामगर कैलाशको प्यानल बिजयी भएका छन् ।

जसमा बुढामगरले ६२७ मत ल्याएर दोस्रो पटक वडा अध्यक्ष निर्वाचित भएका हुन । नेपाली काँग्र्रेसका निर्मल कुमार बुढाथोकीले ५२८ ल्याएर पराजित भएका छन् ।

महिला सदस्य सीता घर्ती मगर ६६८ दलित महिला सदस्य भिमी कामी ६५९ सदस्यहरु दुर्गा बहादुर बुढा ६६२ र मोलाल रोका ६५८ विजयी भएका छन् । माओवादी केन्द्रका नगर कमिटी उपाध्यक्ष रहेका बुढामगर २०७४ मा पनि वडा अध्यक्षमा बिजय भएका थिए ।

नगर प्रमुख सुरुवातीदेखि गठबन्धनको तर्फका उम्मेदवारले अग्रता लिएका छन् । जसमा प्रमुखमा गठबन्धनका साझा माओवादी केन्द्र कर्ण बहादुर बुढाथोकीले २६१८ मत, एमालेका गोविन्द कुमार पुनले १४३६ मत, राप्रपाका शिव बहादुर वलीले ११८ मत, राप्रपा नेपालका बालाराम शर्माले ५ मत पाएका छन् ।

उप प्रमुख गठबन्धन पुरुषोत्तम आचार्यले १८११ मत, राप्रपा सृष्टि शाह १२९ मत र स्वतन्त्र दिपेन्द्र बिष्ट १२८३ मत ल्याएका छन् । सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ नं. वडामा १६७७ मत मध्ये १२३५ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया