नेमकिपाले कर्णालीका वडामा खाता खोल्यो

दैलेख, ३१ बैशाख ।
भक्तपुरमा आधार इलाका बनाएको नेपाल मजदुर किसान पार्टीले कर्णाली प्रदेशको दैलेखबाट वडामा खाता खोल्न सफल भएको छ ।

नेमकिपाको प्रभाव क्षेत्र दैलेखको चामुण्डाबीन्द्रासैनी नगरपालिका–१ मा नेपाल मजदुर किसान पार्टीका उदय कामी विजयी भएका छन् ।


उनले ३१७ मत प्राप्त गरेका छन् । उनले आफ्ना प्रस्तिपर्धी नेपाली कांग्रेसका तपेन्द्रबहादुर शाहीलाई ४ मतले पछि पार्दै वडा अध्यक्षमा विजयी भएका हुन् । शाहीले ३१३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका लछिराम केसीले २९६ मत प्राप्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार