रुकुम पश्चिमका दुई नगरपालिकामा कांग्रेस–एमाले गठबन्धनकाे अग्रता

रुकुम पश्चिम, ३१ बैशाख ।
माओवादी केन्द्रको ठुलो प्रभाव क्षेत्र रहेको रुकुम पश्चिममा नेपाली काँग्रेस–नेकपा एमाले गठबन्धनका उम्मेदवारहरुले दुई नगरपालिकामा अग्रता लिएका छन् ।

रुकुम पश्चिमको सदरमुकाम रहेको मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकामा एमाले–काँग्रेस गठबन्धनका उम्मेदवारहरुले सुरुवाती अग्रता लिएका हुन ।

मुसीकोट नगरपालिकामा कांग्रेस–एमाले गठबन्धनले अग्रता लिएको छ । मत गणना सुरु भएदेखि हालसम्म कांग्रेसबाट प्रमुखका उम्मेदवार महेन्द्र केसीले अग्रता कायम राखेका छन् । उपप्रमुखमा पनि कांग्रेस एमाले गठबन्धनका एमाले उम्मेदवार थलबहादुर ओलीले पनि अग्रतालाई कायमै राखेका छन् ।

शनिबार बिहान २ बजेदेखि मत गणना थालिएको थियो । अहिले १ नम्बर वडाको आधा भन्दा बढी मत गणना सकिएको छ । गणनाका क्रममा कांग्रेसका केसी प्रमुखमा र एमालेका ओलीले अग्रतालाई कायमै राखेका छन् ।

माओवादीको प्रमुखका उम्मेदवार वसन्तकुमार शर्मा र एकीकृत समाजवादीका उपप्रमुखका उम्मेदवार विमलकुमार पुन पछि परेका छन् ।


१ हजार १ सय ९४ मत गणना भइसक्दा प्रमुखका उम्मेदवार केसीको पक्षमा ६ सय २७ र माओवादीका प्रमुखको उम्मेदवार शर्माको पक्षमा ४ सय ५८ मत खसेको छ ।

एमालेका उपप्रमुखका उम्मेदवार ओलीको पक्षमा ५ सय १५ र समाजवादीका उपप्रमुखका उम्मेदवार विमलकुमार पुनको पक्षमा ३ सय ८६ मत पाएका छन् ।

चौरजहारीमा माओवादी र कांग्रेस–एमाले गठबन्धनबीच टक्कर
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

केहीबेर अगाडिसम्म माओवादी केन्द्रले अग्रता लिएकोमा अहिले फेरि कांग्रेस–एमाले गठबन्धन अगाडि देखिएको छ । वडा नम्बर १ को ४०२ मत गणना हुँदा कांग्रेस–एमाले गठबन्धनबाट मेयरको उम्मेदवार बनेका कांग्रेसका प्रेमबहादुर वलीले २१३ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा माओवादी केन्द्रका पुष्प वादीले १७२ मत पाएका छन् । उपप्रमुखका उम्मेदवार बनेका नेकपा एमालेका टंकप्रसाद वलीले १८२ मत पाउँदा माओवादी केन्द्रकी इश्वरी कुमारी शर्मा (विएम) ले १७९ मत पाएकी छन् । चौरजहारी नगरपालिकामा १४ वटा वडाहरु छन् । वडा नम्बर १ मा १ हजार ४४३ मत खसेको थियो ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार