जाजरकोट बारेकोट–९ बाट एमालेको वडामा खाता खुल्यो

मोहन सिंह
जाजरकोट, ३१ बैशाख ।
सात वटा स्थानीय तह र ७७ वटा वडा रहेको जाजरकोटमा पालिकाहरुको मतगणना कार्य सुरु भएको छ । बारेकोट गाउँपालिकाको मतगणना सुरु भएपछि मतपरिणाम समेत आएको छ ।

नेकपा एमालेले जाजरकोटमा बारेकोट गाउँपालिका वडा नं. ९ बाट विजयी यात्राको सुरुवात गरेको छ । वडामा खाता खोलेकोछ । नेकपा एमाले जाजरकाेटका सचिव वीर बहादुर गिरी पालिका अध्यक्ष उम्मेदवार रहेका छन् ।

स्थानीय तह निर्वाचन २०७९ मा बारेकोट गाउँपालिका–९ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । गठबन्धनलाई पछाडि पार्दै एमालेका दानबहादुर शाहीले ३७७ मत प्राप्त गरेका छन् । शाहीका प्रतिद्धन्द्धी गठबन्धनका साझा उम्मेद्वार कर्णबहादुर मताराले २६२ मत प्राप्त गरेका छन ।

यस्तै, पालिका अध्यक्षमा अहिले सम्म एमालेबाट बीरबहादुर गिरीले ३३२ मत प्राप्त गरेका छन् भने महेन्द्रबहादुर शाह गठबन्धन साझा उम्मेद्वार ३०८ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्ष्यमा एमालेकी गीताकुमारी सिंहले ३३५ र कांग्रेस नरबहादुर गिरीले २७३ मत प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया