रुकुम पश्चिमको सानिभेरी १ र २ मा माओवादी केन्द्र बिजयी

प्रचण्ड खत्री
रुकुम पश्चिम, ३१ बैशाख ।
रुकुम पश्चिममा माओवादी बिजयी यात्रा सुरु भएको छ । जिल्ला सानिभेरी गाउँपालिका वडा नम्बर १ बाट बिजय यात्रा सुरु गरेको नेकपा माओवादी केन्द्र सानिभेरीले जनाएको छ ।

वडा नम्बर १ बाट नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार टेकबहादुर पुनको प्यानल बिजयी भएको छ । उनले ५ सय ६१ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका खले पुनले २ सय ८१ मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्रका सबै उम्मेदवार बिजयी भएका छन् । अहिले सानिभेरी गाउँपालिकाका वडा नम्बर १ का निर्बाचित जनप्रतिनिधिले बिजयी उत्सब मनाईरहेका छन् ।


सानिभेरी २ मा पनि माओवादीका उम्मेदवार मानबहादुर पुन पनि बिजयी भएका छन् । उनले ४ सय ८१ मत प्राप्त गरेका थिए ।

उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार दिनेश २ सय २१ मत ल्याएका छन् । अहिले माओवादी केन्द्र वडा अध्यक्ष उम्मेदवार बिर्खबहादुर बिस्टले अग्रता कायमै रहेको ।

वडा नम्बर २ का माओवादी केन्द्रका सबै उम्मेदवार बिजयी भएका छन् । उनीहरुले अहिले बिजयी रयाली मनाईरहेका छन् ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार