जुम्लाको शंकर मावि मतदानस्थलमा झडप, मतदान रोकियो

जुम्ला । गुठीचौर गाउँपालिका गज्यांकोटस्थित शंकर बहुद्देश्य माध्यमिक बिद्यालयको मतदान केन्द्रमा नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीबीच झडप हुँदा मतदान स्थगित भएको छ ।

कार्यकर्ताबीचको झडपमा सहायक निर्वाचन अधिकृत रवी भण्डारीलाई समान्य चोट लागेको छ । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले मतदान स्थलमा मतदाताले मतपत्र च्यात्न खोज्दा झडप भएको बताएकी छन् ।


‘मतपत्र च्यात्न खोज्दा दुुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो । अहिले मतदान स्थगित भएको छ । सर्वदलीय बैठकले मतदानको विषयमा निर्णय गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार