कर्णाली प्रदेश अस्पतालमा ब्लड बैंक संचालन
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा ब्लड बैंक संचालनमा ल्याइएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्काले रक्तदान कार्याक्रममा ब्लड डानेशन गर्दै ब्लड बैंक संचालनमा आएको जानकारी दिएका थिए । ‘कर्णाली प्रदेश स्पतालमा पछिल्लो समय सेवाग्राही दिन प्रतिदिन बढिरहेका छन् यस्तो अबस्थामा कहिलेकाही सामान्य कुराले विरामीहरु अल्झीनु पर्ने बाध्यता हुन्छ,’ अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने, ‘सानो सानो समस्याका कारण विरामीहरु यहाँबाट बाहिर जानु पर्ने बाध्यता हुन्छ यस्ता खालका समस्या हुन नदिनको लागी हामीले विरामीहरुको सुविधाको लागी अस्पताल भित्रै ब्लड बैंक स्थापना गरेका हौं ,।’
सुर्खेतमा रेडक्रसले मात्र ब्लड उपलब्ध गराउदै आएको थियो कहिलेकाही विरामीहरुको भिडका कारण रेडक्रसले पनि भनेको बेला ग्रुप अनुसारको ब्लड दिन नसकिरहेको अबस्थामा कर्णाली प्रदेश अस्पतालले संचालनमा ल्याएको ब्लड बैंकले यहाँका नागरिहलाई धेरै ठुलो राहत हुने सरोकारवालाहरुले बताएका छन् । विहिवार मात्रै २०२ औं अन्तराष्ट्रिय नर्सिङ दिवसका अवसरमा अस्पतालमा कार्यरत डाक्टर, नर्स, र पत्रकारहरुले ब्लड बैंक स्थापनाको लागी करिब ४५ जनाले ब्लड डोनेशन गरेको र अस्पतालका केहि कर्मचारीहरु ब्लड डोनेशनको लागी लाइनमा रहेको नर्सिङ अधिकृत सकुन्ताला गौलीले जानकारी दिइन् ।
यस्तै बिहीबार २०२ औं अन्तराष्ट्रिय नर्सिङ दिवसका अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा बोल्दै प्रा.डा. खड्काले कर्णालीवासीलाई उपचारका लागि कर्णाली बाहिर जानु पर्ने बाध्यताको अन्त्य गर्न अस्पतालले स्वास्थ सेवा विस्तारमा लागि परेको बताए । कार्यक्रममा बोल्दै अस्पतालले दिनानुदिन नयाँ–नयाँ सेवा विस्तार गरिरहेको बतादै प्रा.डा. खड्काले भने, ‘कर्णालीका नागरिकलाई सबै प्रकारका स्वास्थ्य सेवामा सुलभ पहुँच पु¥याउन अस्पताल दिनरात लागि परेको छ ।’
थप सेवा विस्तार गर्दै उपचारमा सहजता ल्याउनका लागि छिट्टै एमआरई मेसिन जडान गर्ने योजनासमेत अस्पतालले बनाएको छ । ‘नर्सिङमा लगानीको नेतृत्व गर्न र विश्वव्यापी स्वास्थ्य सुरक्षित गर्न अधिकारहरूको सम्मान गर्न नर्स आवाज’ भन्ने मुल नाराका साथ मनाइएको नर्सिङ्ग दिवसका अवसरमा डाक्टर खड्काले भने ‘अस्पताल प्रशासन, कर्मचारी लगायत कर्णालीवासीको उत्साहजन साथ र सहयोगका कारण अस्पताल देशकै उत्कृष्ट बनेको छ, यस प्रति सबैमा धन्यवाद ।’ जसरी रथ चल्न दुई पाङ्ग्रा आवश्यक पर्छ त्यसै गरी स्वास्थ्य सेवा चल्नका लागि आवश्यक एक पाङ्ग्रा नसिङ्ग रहेको उल्लेख गरे । डा. खड्काले नागरिकहरुमा नर्सप्रति हेर्ने दृष्टिकोण बदल्न जागिरका लागि मात्र नभएर सेवा भावका साथ विरामीको घाउमा मलम पट्टी लगाउन दत्तचित्त भएर लाग्न नर्सहरुलाई आग्रहसमेत गरे ।
