रूकुम पश्चिममा दिनहुँ झडप हुनथालेपछि अनुगमनमा एसपी विकलाई खटाइयो
सुर्खेत । रुकुम पश्चिममा प्रहरी प्रधान कार्यालयबाट एसपी डम्बर बहादुर विकलाई पठाईएको छ ।
निर्वाचनको विषयलाई लिएर झडप हुन थालेपछि एसपी बिकलाई अनुगमनका लागि खटाइएको प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकताहरूबीच दैनिक झडप रुकुममा झडप भइरहेको छ ।
