सुर्खेतको सिम्ता गाउँपालिकामा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई कार्यकर्ता घाइते

सुर्खेत । गएराती १० बजेतिर सुर्खेतको सिम्ता गाउँपालिकामा काँग्रेस–एमाले कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा नेकपा एमाले निटक मानिने बर्ष ३६ का सुनिल विक र २६ बर्षिया इन्द्र विक घाइते भएका छन् । दुबै जनाको नेपालगन्जमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, डीएसपी रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपनि एमाले आक्रोशित बनेको थियो भने काँग्रेसका कार्यकर्ता ब्याक भएका थिए । एमाले कार्यकर्ता आक्रोशित प्रहरीसँग विवाद गरेका थिए ।
प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हूँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया