कालिमाटीमा एमालेको चुनावी घोषणापत्र: एक बर्षभित्र खरको छाना विस्थापित

दिलिप ढकाल
गुर्भाकोट । सल्यानको कालिमाटी गाउँपालिकामा नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा एक बर्षभित्र खरको छाना विस्थापित गर्ने लक्ष्य राखिएको छ । एमालेबाट अध्यक्षका दान बहादुर खत्री र उपाध्यक्षको लागि सन्सिलता ओली चुनावी मैदानमा छन् । घोषणापत्रमा जस्ता पाता लगाउन बाँकी रहेका घरहरुलाई एक बर्षभित्र जस्ता पाता वितरण गरि खरको छाना मुक्त पालिका घोषणा गरिने उल्लेख गरिएको छ ।

साथै घरबार विहिन तथा अति दलित घर परिवार पहिचान गरि आवश्यक मापदण्ड बनाई घर निर्माण गरिने, पालिकाभित्र आगलागी नियन्त्रणका लागि दमकलको व्यवस्था गरिने बताइएको छ ।

अन्य प्रतिबद्धताहरु यस्ता छन्

आगामी २ बर्षलाई विधुत वर्ष घोषणा गरि बत्ति नपुगेका ठाउमा बत्ति बालिने,दलित तथा बिपन्न लाई आबश्यक मापदण्ड बनाई मिटर बक्स उपलब्ध गराईनेछ।

सुकुम्बासी तथा अब्यबस्थित बसोबासी हरु लाई ब्यबस्थित गरि हातहातमा लालपुर्जा दिन निर्बाचन लगत्तै नाप नक्साको काम अगाडी बढाईने, गरिब तथा जेहेन्दार बिद्यार्थी लाई पेआबिधिक तथा उच्च शिक्षाको लागि अध्यक्ष छत्रवृति कार्यक्रम लागु गरि प्राबिधिक शिक्षा लाई नागरिकको पहुचमा पुर्याईने,
पालिका भित्र महिला लाई आत्म निर्भर बनाउन विभिन्न सिप मुलक तालिम संचालन गर्ने,स्वच्छ कालिमाटी हराभरा कालिमाटी कायम राख्न बाताबरण मैत्री निति तथा कार्यक्रम संचालन गरिने पनि उल्लेख गरेको छ।

बैदेशिक रोजगारलाई न्यूनीकरण गर्न स्वदेशमै विभिन्न सिप मुलक तालिम संचालन गरिने छ। त्यस्तै सडक तर्फ सबै गाउटोलामा सडक पुर्याईने र सडक पुगेका ठाउमा थप स्तर उन्नति गरिनेछ भने खानेपानी तर्फ पालिका भित्रका सबै ठाउमा आबश्यकता अनुसार खानेपानी ब्यबस्था गरिने छ।

त्यस्तै सिचाई तर्फ कालिमाटी गाउपालिका भित्रका सबै अधुरा सिचाई योजानालाई तत्काल अगाडी बढाईने र नदि बाढी पहिरो तथा भूक्षय नियन्त्रण गर्न गाउपालिका भित्रका जोखिम बस्ति हरुमा जाली तथा तट बाँधको ब्यबस्था गरिने छ।


शिक्षा तर्फ कालिमाटी गाउपालिका मा उच्च शिक्षा तथा प्राबिधिक धारको शिक्षा लाई थप बिस्तार गरिनुका साथै आबश्यक भौतिक पूर्वाधारको निर्माण गरिने छ ,साथै गाउपालिका अनुदान बाट कार्यरत शिक्षक लाई नेपाल सरकारको माप दण्ड अनुसार तलबमा बृदी गरिने उल्लेख छ।

पालिकामा १५ सैयाको अस्पतालकोनिर्माण कार्य छिटो सम्पन्न गरि कार्यन्वयन मा ल्याईने छ। प्रत्यक स्वास्थ्य छौकिमा १÷१ वटा एम्बुलेन्स को व्यस्था गरिनुका साथै स्वास्थ्य सस्थामा पर्याप्त मात्रामा औसधिको ब्यबस्था गरिने छ। आकस्मिक रुपमा आईपर्ने महामारीबाट बच्नका लागि प्रत्यक वडा हरुमा मानब सहायता कक्ष निर्माण गरिने छ।

कृषि पशु पर्यटन र पूर्वाधार,कालिमाटी गाउ–पालिकाको समृद्धिको आधार भाने नारालाई साकार पार्न कृषि पशु र पर्यटनमा विभिन्न कार्यक्रम हरु अगाडी बढाईने ,कृषि उत्पादनलाई बजारीकरण गर्नको लागि स्थानिय हात बजारको स्थापना गरिने र सबै वडामा अनिबार्य कृषि प्राविधिकको ब्यबस्था गरिने छ।

पशुपंक्षी पालन यस पालिकाको मुक्य पेसा भएकाले आबश्यकता र सम्भाबना लाई मध्यनजर गरि सातवटै ब्याबसायिक रुपमा पशुपंक्षी फम निर्माण गरि पशु क्षेत्र लाई ब्याबसायिकरण र र प्रोत्साहनको लागि अनुदानको ब्यबस्था गरिने छ। साथि सबै वडामा पशु प्राबिधिक को अनिवार्य ब्यबस्था गरिने छ।

कालिमाटी गाउपालिका भित्रको विभिन्न पर्यटकीय क्षेत्र को पहिचान गरि त्यस्ता क्षेत्रको आबश्यक बिकाश गरि अगाडी बढाईने छ र वडा नमब्र १ को देउराली कोटी मन्दिर,कालिमाटी गङ्गामाला मन्दिर,वडा नम्बर ५ को सिम्लेछहरा र वडा नम्बर ३ को कछुवा दह को डी पी आर अनुसार बाकि काम हरु अगाडी बढाईने छ।

साबिकका कार्यालयहरुलाई सेवा प्रवाहमा व्यापक सुधार गरि नागरिकको सेवा लाई छिटो छरितो गर्न आबश्यक सुधार गरि कार्यन्वयनमा ल्याईने छ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार