मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

दैलेख । दैलेखको आठबीसमा एमालेबाट मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी भएको छ ।
आठबीस नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा बिहान साढे ३ :१५ बजे आगजनी भएको हो ।

उम्मेदवार तर्क बडुवालका अनुसार एक अज्ञात समुहले गाडीमा आगजनी गरेको हो ।

गाडी आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्किङ् गरेर राखिएको थियो भने चालक गाडीभित्रै सुतिरहेको थिए । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पु¥याएका थिए। त्यस कारण गाडीमा खासै क्षति भने हुन सकेन् ।

घटनाबारे इलाका प्रहरी कार्यालय राकम कर्णालीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया