मोहनमायको पक्षमा वीरेन्द्रनगरमा महिलाको चुनावी ¥याली : प्रदेश राजधानीमा महिलालाई मेयर बनाएर इतिहास रचौं

सुर्खेत । इतिहासमै पहिलोपटक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको नगरप्रमुख पदमा महिलालाई उम्मेदवार बनाएको भन्दै वीरेन्द्रनगरका महिलाले नेकपा एमालेलाई धन्यवाद दिएका छन् ।

आज वीरेन्द्रनगरको पिपिराचोकबाट निकालिएको ¥यालीमा महिलाले राजधानीको नगरपालिका पनि अवसर पाएचलाउन सक्छन भन्ने कुरा एमालेले बुझेको भन्दै ¥याली निकालेका हुन । ‘विगतमा महिललाई चुलोचौकोमा मात्रै सीमत गरिदै आइएको थियो ।

२०७४ सालको निर्वाचनम महिलालाई उपाध्यक्ष तथा उपप्रमुखमा मात्रै सीमित गराएपनि यो वर्ष कर्णालीको सबेभन्दा महत्वपूर्ण नगरपालिका वीरेन्द्रनगरमा एमालेले नगरप्रमुखको उम्मेदवारको रुपमा मोहनमाया ढकाललाई उम्मेदवार बनाएको छ । यसले एमाले महिलाहरुलाई पनि समान अवसर दिलाउन तल्लीन छ भन्ने देखिएको छ ।’ कर्णाली प्रदेश सभा सदस्य पदमा खड्काले भनिन्, ‘यो अवसरलाई हामी महिलाले गुमाउन चाहँदैनौं ।

सबै महिलाले नगरप्रमुखको रुपमा महिलालाई देख्न चाहेका छन् । यस्तो अवस्थामा महिलालाई एकपटक वीरेन्द्रनगर वासीले नेतृत्वमा पु¥याएर महिलाले पनि देश चलाउन सक्छिन भन्ने देखाउन आवश्यक देखिएको छ ।’ उनी मात्रै होइनन्, ¥यालीमा सहभागि सबै महिलाले महिला हकका लागि आफै नेतृत्वमा जानुपर्नेमा जोड दिए । ‘महिला शसक्तिकरणका लागि मैले उपप्रमुख रहेकै समयमा धेरै काम गरेको छु । आज सडकमा अटोरिक्सा सञ्चालनमा छन् ।

दिदिबहिनीहरुले ढाका सिलाई गरिरहेका छन् । घरमै बसेर अन्य स्वरोजगारका कार्य गर्दै आइरहेका छन् । न्यायीक समितिमार्फत धेरै महिला दिदिबहीनीहरुको आंसु पुछ्ने, घाउमा मल्हम लगाउने व्यवस्था गरेको थिएँ । महिला दिदिबहिनीलाई आइपरेका कानूनी जटिलतालाई समाधान गर्न निःशुल्क कानूनी सहायता समेत गर्ने व्यवस्था गरेकी थिएँ ।’ नगरप्रमुखकाNo description available. उम्मेदवार ढकाल भन्छिन्, ‘अझै महिलाका पक्षमा, बालबालिकाका पक्षमा, ज्येष्ठ नागरिकका पक्षमा धेरै काम गर्न बाँकी छ । त्यो कामलाई आफ्नै नेतृत्वमा सम्पन्न गर्न चाहन्छु ।’

No description available.

तपाईको प्रतिक्रिया