संघर्षले खारिएर शिक्षकदेखि प्रधानाध्यापक

लालबहादुर थापा मगर प्रधानाध्यापक/नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चौकुने, सुर्खेत

संघर्ष गरेर जसले आफ्नो पढाईलाई पहिलो प्राथमिकता राख्छ त्यो व्यक्ति सफल हुन्छ । अभाव र चुनौतीलाई सामाना गर्दै अगाडी बढ्ने व्यक्ति सफलताको शिखरमा पुग्दछन ।

यस्तै मध्येका एक हुन नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगामको प्रधानाध्यापक लालबहादुर थापामगर । सानोमा धेरै अभाव खेपेका उनले सानैदेखि धेरै दुख गर्नुपर्यो ।

घरको आर्थिक अवस्था पनि कमजोर थियो । पढाई पुरा गरेर ठुलो मानिस बन्ने लक्ष्य एकातिर थियो । भने अर्कोतिर घर बुवापछिको जिम्मेवारी पुरा गर्नुपर्ने थियो । घरको काम गर्दै जानुपर्ने धेरै अभावमा संघर्ष गरेका थापा मगरले अवसर पनि भेट्टाएनन् ।

शिक्षक बनेका उनी गाउँको निमाविको प्रधानाध्यापक हुन सफल भए । आफुमात्र सफल भएनन् भाइहरुलाई पनि सफल बनाए । आजको राष्ट्रसेवकमा उनै थापामगरसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

मध्यम बाल्यकाल
बुवा हरिलाल थापा र आमा पञ्चकला थापाको कोखबाट २०३३ साल असार २९ गते सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर १ सोतामा लाल बहादुर थापा मगरको जन्म भयो । उनी घरको जेठो छोरा हुन ।

उनका ति भाई दुइ बहिनी रहेका छन् । गाउँमै बाल्यकाल बिताएका उनले सानो कक्षा भने नेपाल राष्ट्रिय विद्यालय धनराचमा पढे । त्यो विद्यालयमा पाँच कक्षासम्म पढेका उनले ६ र ७ कक्षा भने नेरामावि लगाममा पढेका उनले ८ कक्षा भने जनता मावि कैलालीमा पढे ।

९ र १० कक्षा जनता मावि विद्यापुर सुर्खेतमा पढे । त्यही माविबाट २०५० सालमा एसएलसी पास गरे । घरको आर्थिक अवस्था कमजोर थियो । उनको बुवाले भारतमा गएर मजदुरी गर्थे । त्यही पैसाले घर खर्च टार्नेदेखि पढाई खर्च पुर्याउनुपथ्र्यो । बाल्यकाल अभावपूर्ण ढङ्गले उनले गुजारे ।

पढाउँदै पढ्दै
९ र १० पढ्दा विद्यापुर बसेर थापा मगरले पढे । त्यहाँ बस्दा आफ्नो पढाई खर्च जुटाउन केही परिवारका बालबालिहरुलाई सिकाउने गर्थे । सिकाए वापत उनले खाना खर्च तिर्नुपर्थेन ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले त्यसरी खाना खर्च जुटाएर एसएलसीसम्म पढेका हुन । मट्टीतेलको बत्ती बनाएर पढेका उनले जती नै दुख भएपनि आफ्नो पढाईलाई पहिलो प्राथमिकता दिएर पढे ।

अनि एसएलसीमा पनि राम्रै अंक ल्याए । बाहिर बसेर भएपनि उनले विद्यालय उमेरदेखि नै आफुले धेरै टर्चर सहेर भएपनि घरपरिवारमा केही समस्या देखाउदैन्थे ।

त्यसरी दुखका बिचमा पनि उनीहरुको व्याजका ८३ जना विद्यार्थीहरुमध्ये ७ जना मात्रै पास भएका थिए । ती सात जना मध्येमा थापा मगर पनि एक थिए ।

कहिले पनि फेल भएनन्
सानैदेखि धेरै अभाव र समस्याका बाबजुत पनि उनले आफ्नो पढाईलाई कहिले पनि बि ग्रन दिएनन् । अरु साथीहरुले ट्यूसन पढ्ने गरेपनि उनले रकम अभावका कारण कहिले पनि ट्यूसन पढ्न पाएनन् ।

तर विद्यालयमा उनी कहिले पनि फेल भएनन् । घरको घाँस काट्नेदेखि घरमा खेतीपाति समेत उनले लगाउनुपर्ने हुन्थ्यो । घरको सबै काम सकेर उनी विद्यालय गएर पढ्थे ।

अनि साझ खाना खाएर ११ बजेसम्म पढ्थे अनि बिहान पाँच बजे उठ्थे । उनको यो मेहेनत देखेर गाउँका मानिसहरुले पनि धेरै प्रशंसा र हौसला दिन्थे ।

इन्टर पढ्दा दुखदायी
एसएलसी पासपछि इन्टर लेवल पढ्न वीरेन्द्रनगर आए । उनले शिक्षा क्याम्पस सुर्खेतमा नाम लेखाए । भाडामा बसेर पढ्ने उनले सबै खानेकुरा घरबाटै बोकेर ल्याउथे ।

त्यतिबेला गाडी पनि चल्दैन थिए । उनी दुइदिन लगाएर घर पुग्नुपथ्र्यो । उनी पहिलो बर्ष उनी वीरेन्द्रनगरमै बसेर पढे । अनि दोश्रो बर्ष उनको बुवा स्वर्गीय भएपछि पढ् दापढ्दै उनी घरमा गए ।

त्यो बर्ष टिचिङ गर्नुपर्ने घरमा आर्थिक अभावका कारण उनी टिचिङ गर्न जान पाएका थिएनन् । गाउँकै एकजना उनका बाजे भक्तबहादुर थापाले पाँच सय रुपैया दिएपछि उनी त्यही रकम लिएर वीरेन्द्रनगर आए ।

अनि ४५ दिनको टिचिङ सकेर घर फर्किदा त्यही पाँच सयबाट बचाएर ३५ रुपैयाँ घरमा पुर्याएका थिए । त्यो उनको लागि अविस्मरणिय छ । इन्टर लेवल पढ्दा थापा मगरले धेरै दुख गरेर पढे ।

बुवा स्वर्गीय भएपछि भाईबहिनीहरु साना थिए । घरको जिम्मेवारी सबै आफ्नो काँधमा हुँदा उनले धेरै अभाव झेल्नुपर्यो । यस्तै अभावका बिचमा उनले २०५३ सालमा इन्टर पास गरे ।

अनि जीवन सहज बन्दै गयो
इन्टर पास लगत्तै उनले आफैले पढेको नेरामावि लगाममा शिक्षकको जागिरी पाए। निमावि अस्थायी दरबन्दीका रुपमा २०५४ साल भदौ महिनामा नियुक्ती पाएपछि उनको जीवनमा केही सहज हुन थाल्यो ।

उनले आफुले पढ्दै भाइबहिनीहरुलाई पढाउनेदेखि घर खर्च टार्ने कामसम्म गरे । धेरै दुखबाट शिक्षक जागिरी पाएपछि उनको परिवारमा खुशीयाली छाएको थियो । २०६३ सालमा निमावि तहमा स्थायी भए।

त्यतीबेलासम्म उनले डबल डिग्री समेत गरिसकेका थिए। भने भाइहरुलाई पनि पढाएर एकजना भाईलाई कोरिया र एकजना भाइलाई सिङ्गापुरे प्रहरीमा जागिरी खुवाए । २०७१ सालमा शिक्षक सेवा आयोगले एकजना मात्रै बडुवा कोटा खोलेको थियो । त्यो कोटामा थापाको मात्र नाम निस्कियो ।

अनि २०७५ सालबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगामको प्रधानाध्यापक भएर काम गर्ने अवसर पाए । अहिले उनी प्रधानाध्यापक भएर काम गरिरहेका छन् । हजीवनमा संघर्ष सानोमा धेरै अभाव खेपेका उनले सानैदेखि धेरै दुख गर्नुपर्यो । घरको आर्थिक अवस्था पनि कमजोर थियो ।

पढाई पुरा गरेर ठुलो मानिस बन्ने लक्ष्य एकातिर थियो । भने अर्कोतिर घर बुवापछिको जिम्मेवारी पुरा गर्नुपर्ने थियो । घरको काम गर्दै जानुपर्ने धेरै अभावमा संघर्ष गरेका थापा मगरले अवसर पनि भेट्टाए ।

शिक्षक बनेका उनी गाउँको निमाविको प्रधानाध्यापक हुन सफल भए। आफुमात्र सफल भएनन भाइहरुलाई पनि सफल बनाए । भने आफ्ना छोराहरुलाई समेत विदेशसम्म पढाउन सके ।

सामान्य परिवारबाट मेहेनत गर्दै उनी सफल व्यक्ति बनेका छन् । अहिले उनी सन्तुष्ट छन् । उनको आगामी योजना भनेको समाज सेवा गर्नेछ ।

तपाईको प्रतिक्रिया