हराएको १० तोला सुन फेला प¥यो

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगर नगरपालिका–४ एरीचोकबाट हराएको १० तोला सुन र नौ हजार नेपाली रुपैयाँ फेला पारेको छ ।
कालिकोटको शान्नित्रिवेणी–४ घरभएकी जयाकुमारी देवकोटाको सुन र नगद रुपैयाँ बिहीबार प्रहरीले फेला पारेको हो ।

मंगलबार साँझ ५ बजेतिर कालिकोटदेखि वीरेन्द्रनगर झरेर अटो चड्ने क्रममा अटोमै सुनसहितको झोला छुटेको थियो । उनले खोजिदिनका लागि प्रहरीकहाँ बुधबार निवेदन दिएकी थिइन् ।


सोही निवेदनका अनुसार प्रहरी सहायक हवल्दार विमल घर्तीसहितको सादा पोसाकमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर–३ तातापानीबाट सुन र नगद रुपैयाँ फेला पारेको जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार प्रहरीले खोजीकार्य गर्दै जाँदा वीरेन्द्रनगर–३ तातापानी हरिडिल भूमिस्थित सुकुमा तिरुवाको घर भाडामा बस्ने दैलेख नौमुले गाउँपालिका–८ घर भएका ३० वर्षीय कविराज सुनारको कोठा भित्र फेला परेको थियो । उक्त सुन र नगद जयाकुमारीलाई बुझाएको प्रहरीले बताएको छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार