सुर्खेत जिल्ला निर्वाचन : अध्यक्षमा रविन निर्विरोध निर्वाचित

सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा रविन चन्द निर्विरोध निर्वाचित भएका छन् । सुर्खेतमा विवादका कारण दुई पटक स्थगित भएको चुनाव एन्फामा राखिएको थियो । आज एन्फामा भएको चुनावमा अध्यक्षका लागि कुनै पनि दाबी विरोध नआएपछि रविनसहितको कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

उपाध्यक्षमा चन्द्र कुमार श्रेष्ठ, ललित जङ्ग शाही, दर्शन थापा रहेका छन् । सुर्खेत जिल्ला निर्वाचनका लागि ९ क्लबले प्रतिनिधिले मताधिकार पाएका थिए ।



Leave a Reply

Your email address will not be published.


ताजा समाचार