लेकबेशीमा काँग्रेस-समाजवादी सहकार्य

सुर्खेत, २० बैशाख ।
नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी जिल्लाका सबै पालिकामा एक्लै चुनावी मैदानमा होमिएको छ । उसले जिल्लाका अधिकांश पालिकामा उम्मेदवारी दर्ता गरिसकेको छ ।

चौकुने गाउँपालिका र लेकेवेशी नगरपालिकाको नेतृत्व दावि गरेको थियो । गठबन्धनबाट एउटा पालिका प्रमुख पाउने सम्भावना नभएपछि बाहिरिएको थियो ।

नेपाली काँग्रेस र माओवादी केन्द्र दुई पार्टीले मात्रै जिल्लाका पाँच वटा पालिकाहरु भागबण्डा गरेपछि समाजवादी एक्लिएको थियो ।

लिखित सम्झौता नभएपनि लेकबेशी नगरपालिका समाजवादीबाट उपप्रमुखका उम्मेदवार देउकली थापालाई नेपाली काँग्रेसका उम्मेदवारबाट समर्थन प्राप्त भएको छ । नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवारले समाजवादीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार उमेश पौडेल र उपप्रमुखमा एकीकृत समाजवादीको स्थानीय स्तरमा गठबन्धन गरिएको छ । नेपाली काँग्रेसका उपप्रमुखका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर समाजवादीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

 एकीकृत समाजवादीका यसरी उपप्रमुख पदका उम्मेदवार देउकली थापा दुइ दलको साझा उम्मेदवार बनेकि छन् ।

पञ्चपुरी नगरपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनावी सहकार्य गरेका छन् । पञ्चपुरी नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार केशव शाही र एकीकृत समाजवादीका उपप्रमुखका उम्मेदवार कविता सोडारीको चुनावी तालमेल, सहकार्य गरिएको हो ।

तपाईको प्रतिक्रिया