जनसेवा श्री पञ्चम श्रेणीद्वारा विभुषित दैलेखका कुल बहादुर

कुलबहादुर वि.क. अध्यक्ष/उद्योग बाणिज्य संघ, दैलेख

जसले जीवनमा मेहेनत गर्छ, उ समाजको सफल व्यक्ति बन्छ, समाजको हित चाहानेहरुले आफु मात्र होइन समाज पनि बदल्न सक्छन । यस्तै मध्यका एक हुन दैलेख उद्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर वि.क. । उनले सानैदेखि धेरै मेहेनत गरे । व्यापार व्यवासय सम्हाल्नेदेखि सामाजिक काम गर्न उनी सक्रिय भए । यसरी मेहेनत गर्दै जाँदा उनी हजारांैको नेतृत्व गर्न सक्ने भएका छन । आजको जम्काभेटमा उनै विकसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः 

मध्यम बाल्यकाल
बुवा कर्ण बहादुर विश्कर्मा आमा चन्द्रमती विश्वकर्माको कोखबाट २०१८ चैत ३० गते सिद्धार्थ नगरपालिका–८, रुपन्देहीमा कुल बहादुर विकको जन्म भएको हो । उनी जेठो छोरा हुन । विकका ३ भाई र दुई बहिनी रहेका छन । गाउँमै बाल्यकाल विताएका उनले सानो कक्षा भने भैरवहा उच्च मावीमा पढेका हुन ।

माध्यमीक शिक्षासम्म भैरहवा मावीमा पढेका उनले एसएलसी पास भने काठमाडौंबाट गरे । मध्यम परिवारमा जन्मिएका विकको बुवाले राजनितिसँगै व्यापार व्यवसाय गर्थे ।

उनको बुवा व्यापार व्यवसाय गर्ने भएकाले बाल्यकालमा उनले कुनै अभाव भने झेल्नुपरेन। तर घरको जेठो छोरा भएकाले जिम्मेवारी थपिदै गएको थियो । गम्भिर र सामाजिक सुधार हुनुपर्छ भन्ने स्वभावका विकले विद्यालय उमेरदेखि नै रचनात्मक र सहयोग गर्न रुचाउथे ।

अनि बसाइसराई गरेर दैलेख आएपछि…
विकको परिवारनै व्यापारिक पृष्ठभुमीको भएको हुँदा व्यापार गर्ने उद्देश्यले उनीहरु नेपालगञ्ज बाँकेमा आए । केही बर्ष त्यही व्यापार व्यवसाय गरेको उनको परिवार फेरी सुर्खेतमा आयो ।

अनि दैलेख उनीहरु व्यापारकै शिलशिलामा दैलेखमा गए । दैलेखमा गएर सुनचाँदी व्यवसाय शुरु गरेका उनका बुवाको व्यापार फस्टाउँदो क्रममा गयो । कुल बहादुरले भने आफ् नो पढाईलाई निरन्तरता दिइरहेका थिए । उनले प्लस टु गरे । उनको काँधमा घरको सबै जिम्मेवारी थपिन थाल्यो ।

जेठो छोरा भएर पनि होला बुवापछिको सबै जिम्मेवारी उनको काँधमा थियो । हअनि व्यापार व्यवसाय सम्हाले उनी र उनको परिवार व्यापार व्यवसाय दैलेखमा गर्दै गएपछि त्यहीको स्थानीय बने । बुवाले व्यापार व्यवसाय सम्हाल्न भन्दै कुल बहादुरको जिम्मा दिए । उनले व्यापार व्यवसाय सम्हालेपछि धेरै मेहेनतका साथ काम गरे ।

दैलेखमै नाम चलेको व्यापारीमा गनिन थाले । व्यापार व्यवसायमा लागेपछि पढाईलाई भने उनले निरन्तरता दिन सकेनन् । तर त्यहि व्यापारबाट उनले जिल्लामा राम्रो छबि बनाए ।

सबै जिम्मेवारी पुरा गर्नुपर्छ भन्ने सोचका उनले दिन रात मेहेनत परिश्रम गरे दैलेखमा नम्बर वान व्यवसाय बनाउन सफल भए । सँगै उनले विभिन्न सामाजिक कार्यहरु समेत गर्न थाले । सामाजिक काम देखेर समेत मानिसहरु उनलाई भरोसा गर्थे ।

विभिन्न संघ संगठनमा आवद्ध भएर सामाजिक काममा सक्रिय
कुल बहादुरले जुनसुकै क्षेत्रमा पनि राम्रो र आफ्नो जिम्मेवारी पुरा गर्न लागि पर्छन । त्यही देखेर होला जुनसुकै संघ संगठनमा पनि उनलाई आवद्ध बनाउने गरिन्छ । सानैदेखि सामाजिक काममा रुची राख्ने उनलाई लायन्स क्लव दैलेख, सुनचाँदी व्यवसायी संघको अध्यक्ष भएर समेत काम गरे ।

ती संघ संस्थामा काम गर्ने क्रममा उनले दुखी गरिब असाहय व्यक्तिहरुलाई सहयोग गर्थे । उनीहरुलाई माथी उठाउन विभिन्न कामहरुमा लगाइदिन्थे । समाज रुपान्तरणको लागि आफ्नै व्यक्तीगत लगानीमा समेत काम गर्थे । उनले दैलेखका विभिन्न गाउँ र समाजमा २ हजार ठाउँमा सहयोग गरेका छन् ।

दैलेखमा रहेका विभिन्न पुरातात्विक, मठ–मन्दिर लगायतका धार्मिक पर्यटनमा पनि उनले ठुलो योगदान गरेका छन् । समाज रुपान्तरणको लागि सोच्ने उनले आफुले सक्दो गर्नुको साथै विभिन्न निकायसम्म समन्वय गरेर निम्न वर्गका समस्या समाधानमा पहल गर्थे ।

व्यापारीहरुको हकहितको लागि पनि विगतदेखि नै कुनै पदमा नहुँदा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्थे । उनी जिल्लामा क्रियाशिल विभिन्न संघ संस्थामा सल्लाहकारको भूमिकामा समेत सक्रिय थिए ।

उद्योग बाणिज्य संघको सल्लाहकार हुँदै अध्यक्षसम्म
हरेक क्षेत्रमा अब्बल कुल बहादुर दैलेख उद्योग बाणिज्य संघको सल्लाहकारको रुपमा काम गरे । उनको सल्लाहमा विभिन्न सुधारका कामहरु समेत शुरुवात भएका थिए ।

व्यापारीहरुको मन जितेका उनलाई उद्योग वाणिज्य उपाध्यक्ष निर्वाचित गरियो । उनी जब उद्योग बाणिज्य संघको जिम्मेवारीमा पुगे । धेरै सुधारका कामहरुको थालनी गरेपछि व्यापारीहरु उनीप्रति विश्वस्त थिए। अनि दैलेका आम नागरिकहरुले समेत विकलाई भरसिलो र सहयोगी व्यक्ति ठान्थे ।

उनलाई उद्योग वाणिज्य संघको पहिलो अध्यक्षमा उमेद् वार बनाइयो । दुई वटा प्यानलमा प्रतिस्पर्धा गरेका उनका विरुद्ध धेरै ठुला राजनितिक दलहरु लागेका थिए । तर उनका साथमा व्यापारी, उद्योगी र आम नागरिक थिए । उनी पहिलोपटक उद्योग बाणिज्य संघको अध्यक्षमा निर्वाचित हुन सफल भए ।

उनी निर्वाचित भएपछि केही समय बिरामी भए । उपचारपछि फेरी कोरोना महामारी फैलिँदा लकडाउन भयो । उनले आफ्ना योजना कार्यान्वयन गर्न चुनौती खेप्नुपर्यो । तथापी उनले उद्योग बाणिज्य संघको अध्यक्ष भएर धेरै काम गरे । कोरोना महामारीको बेला करिब ८ लाखको स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

उनले पहिलो कार्यकालमा चुनौतीका बाबजुत पनि राम्रो काम गरे । उनकै पालामा सव–बहान सञ्चालन गर्नेदेखि प्रत्येक पालिकामा उद्योग बाणिज्य संघमा शाखाहरु विस्तार गरियो ।

कोरोनाका कारण जिल्लामा चल्ने व्यवसायीक सवारीहरुलाई पास उपलब्ध बनाउन जिल्ला प्रशासनसंग समन्वय गर्नेदेखि व्यापारीहरुको हकहितको लागि धेरै कामहरु भए । चुनौतीका बिचमा पनि राम्रो काम गरेपछि उद्योग बाणिज्य संघ दैलेखको दोस्रो कार्यकालको लागि उनलाई सर्बसम्मतिमा अध्यक्ष बनाइयो ।

पहिलो पटक निर्वाचन लडेर अध्यक्ष बनेका कुल बहादुरको कार्यशैली सबैले मन पराएपछि दोस्रो कार्यकालको लागि सबैसम्मतिमा निर्वाचित गरिएको हो ।

जनसेवा श्री पञ्चम श्रेणीद्वारा विभुषित
कुल बहादुर हरेक क्षेत्रमा जिम्मेवारी पूर्वक राम्रो काम गर्दै आएका छन् । उनले सामाजिक क्षेत्रमा समेत राम्रो काम गरेका छन् । उद्योग बाणिज्य संघमात्र होइन विभिन्न गरिबीको रेखामुनी रहेका व्यक्तिहरुलाई सहयोग गर्नेदेखि अन्य परोपकारीका काम उनले गरेका छन् ।

सामाजिक क्षेत्रमा पुरयाएको योगदानकै कारण संविधान दिवसको अवसरमा उनलाई राष्ट्रपतिद्वारा जनसेवा श्री पञ्चम श्रेणीद्वारा विभुषित हुन सफल भएका छन् । यसरी बिभुषित हुनेमा उद्योग बाणिज्य संघका अध्यक्षहरु मध्ये कर्णाली प्रदेशको एक मात्र अध्यक्ष कुल बहादुर हुन ।

जीवनमा संघर्ष
सानोमा अभाव केही खेप्नु नपरेपनि उनले जीवनमा भने धेरै संघर्ष गरेका छन् । घरको जेठो छोरा भएकाले बुवापछिको जिम्मेवारी उनको काँधमा थियो । घरपरिवार सम्हाल्नुपर्ने देखि व्यापार– व्यवसाय सम्हाल्नुपर्ने उनको काँधमा जिम्मेवारी थियो ।

सँगै सामाजिक काममा समेत सक्रिय उनले त्यतापनि त्यत्तिकै मेहेनत गर्नुपथ्र्यो । बिहानदेखि नै करिब १८ घण्टासम्म उनले आफ्नो दैनिक जीवनमा व्यक्तिगत र सामाजिक काममा मेहेनत गर्थे । त्यही मेहेनतका कारण उनी अहिले सफल व्यक्ति बनेका छन । उनको दैलेख बजारमा भैरहवा सुनचाँदी पसल रहेको छ ।

उनी उद्योग बाणिज्य संघ दैलेखको अध्यक्ष समेत भएर काम गरिरहेका छन् । उनी भन्छन जीवनमा सफलता प्राप्त गर्न संघर्ष गर्न आवश्यक छ । उद्योग बाणिज्य संघको अध्यक्ष भएकाले व्यापारी व्यवसायीहरुको हकहितका लागि काम गर्ने आफ्नो दायित्व रहेको उनी बताउँछन ।

दैलेख जिल्लाका हरेक क्षेत्रको सवालमा गरिबी रेखामुनी रहेका व्यक्तिहरुलाई माथी उठाउनेदेखि समाज सेवा गर्ने उनको आगामी योजना छ ।

तपाईको प्रतिक्रिया