जाजरकोटमा समाजवादीलाई ब्याक गराएर काँग्रेस–माओवादीको तालमेल

जाजरकोट । जाजरकोटका तीन पालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रवीच चुनावी तालमेल गर्ने सहमति भएको छ । भेरी, नलगाड नगरपालिका र शिवालय गाउँपालिकामा चुनावी तालमेल गरेर जाने सहमति भएको हो ।

यसभन्दा पहिले भएको सत्ता गठबन्धन दलहरुको निर्णयले भेरी नगरपालिकामा नेकपा ( एकीकृत समाजवादी) मेयर, काँग्रेस उपमेयर भन्ने थियो । तर सहमति जुट्न नसकेपछि बाँकी रहेका स्थानीय तहमा काँग्रेस र माओवादी केन्द्र वीच चुनावी गठबन्धन हुने भएको हो ।

गठबन्धको निर्णयले भेरी नगरपालिकामा माओवादी केन्द्रको मेयर, नेपाली काँग्रेसको उपमेयर, नलगाड नगरपालिकामा माओवादी केन्द्रको मेयर र नेपाली काँग्रेसको उपमेयर र शिवालय गाउँपालिकामा नेपाली काँग्रेको अध्यक्ष र माओवादी केन्द्रको उपाध्यक्ष बनाउने निर्णय भएको नेपाली काँग्रेस जाजरकोटका सभापति वेदराज सिंहले जानकारी दिए ।

यसभन्दा पहिले भएको सत्तागठबन्धनको निर्णयले बारेकोट गाउँपालिकामा नेपाली काँग्रेस अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष, जुनीचाँदे गाउँपालिकामा नेकपा माओवादी केन्द्र अध्यक्ष र नेपाली काँग्रेस उपाध्यक्ष, छेडागाड नगरपालिकामा नेपाली काँग्रेस मेयर र नेकपा माओवादी केन्द्र उपमेयरमा भागवण्डा मिलाईएको छ ।

कुशे गाउँपालिकामा भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी वीच चुनावी तालमेल भएको छ । एकीकृत समाजवादी अध्यक्ष र नेकपा माओवादी केन्द्र उपाध्यक्ष पाउने गरी निर्णय गरिएको छ । भेरी नगरपालिकामा सत्तागठन्धन दलहरुले एकीकृत समाजवादीलाई भने धोका दिएका छन् । केन्द्र र प्रदेशले गरेको निर्णय उल्ट्याउँदै काँग्रेस र माओवादीले चुनावी तालमेल गरेका हुन् ।

May be an image of text

तपाईको प्रतिक्रिया