कर्णालीका सबै जिल्लामा पुग्यो मतपत्र, हुम्ला, मुगु र डोल्पामा हेलिकोप्टरमार्फत ढुवानी

सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लामा मतपत्र पुगेका छन् । आइतबार बिहानसम्म कर्णालीका सबै जिल्ला अनुसार पालिकामा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेको हो ।

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन आयोग नेपालबाट पठाएको मतपत्र सहित अन्य ५८ प्रकारका निर्वाचन सम्बन्धित सामाग्री १० जिल्लामा पुगेको हो ।

यस्तै, कर्णाली प्रदेशको हिमाली जिल्लामा हुम्ला, मुगु र डोल्पमा भने सुर्खेतबाट हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरिएको छ । कर्णाली प्रेदश निर्वाचन कार्यालयका सुचना अधिकारी निर्मला रेग्मिले कर्णालीका तीन जिल्लामा हेलिकोप्टरबाट र अन्य जिल्लामा गाडीमार्फत मतपत्र ढुवानी गरिएको  जानकारी दिइन् ।

निर्वाचन कार्यालयका अनुसार प्रदेशभरि १० लाख १ हजार २ सय ८२ मतदाता रहेका छन्  । यस्तै, सुचना अधिकारी निर्मला देवकोटाले कर्णालीका सबै जिल्लामा रहेका भएका मतदाता भन्दा केहीँ प्रतिशत मतपत्र थपेर निर्वाचन आयोगले पठाएको जानकारी दिइन् । निर्वाचन कार्यालयले मौन अवधि सुरु हुनुअघि नै सबै मतपत्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया