मैत्रीपुर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी

सुर्खेत । मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टिम विजयी भएको छ। नेपाल पत्रकार महासंघ सुर्खेतको स्थापना दिवसमा आयोजना गरिएको प्रतियोगितामा पत्रकारको टिमले जितहात पारेको हो।

पत्रकारको टोलीले कर्णाली खेलकुद परिषद्कोलाई ३–२ को सेटमा पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा पहिलो खेलमा खेलकुद परिषदको टोलीले २७–२५ मा हराएको हो।

पछिल्ला दुईवटा सेट भने पत्रकारको टोलीले २५–२२ र १५–१३ को सेटमा पराजित गरेको हो। केशव ढकालको कप्तानीमा रहेको पत्रकारको टोली पहिलो खेलमा केही दबावमा रहेपनि दोस्रो र तेस्रो सेटमा भने खेल लयमा फर्किएको हो।

विश्ववित्र सञ्जालको कप्तानीमा रहेको खेलकुद परिषदको टोलीले पहिलो खेल आक्रामक खेलपनि पछिल्ला दुईसेटमा भने सोचेअनुरुप खेल्न नस्कदाँ नजिता सुम्पनु बाध्य भयो। यस्तै महिला पत्रकारहरुको टोलीले पनि मैत्रिपुर्ण भलिलवल प्रतियोगिता खेलेको हो।

तपाईको प्रतिक्रिया