जाजरकोटमा बेवारिसे अबैध भरुवा बन्दुक फेला

मोहन सिंह
जाजरकोट, २५ चैत्र ।
जिल्लाको नलगाड नगरपालिका वडा नं. ५ खान्टाकुरा कैचु जङ्गलमा बेवारिसे भरुवा बन्दुक फेला परेको छ । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको थियो ।

इप्रका दल्लीबाट प्रहरी नायव निरिक्षक छबिलाल चौधरीको कमाण्डरमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा उक्त भरुवा बन्दुक जङ्गलको बिच भागमा काफल, लालिगुराँसका ससाना बुटाहरुको बिचमा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उक्त भरुवा बन्दुकलाई कानून बमोजिम बरामत गरी इलाका प्रहरी कार्यालय दल्लीमा ल्याइएको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया