सामाजिक सुरक्षा पाउने नागरिकलाई सम्मानित

दिलिप ढकाल
गुर्भाकोट, २३ चैत्र ।
गुर्भाकोट नगरपालिका वडा नम्बर ६ का सामाजिक सुरक्षा कार्यक्रममा सहभागि भएका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सामाजिक सुरक्षा कार्यक्रमका जेष्ठ नागरिक, एकल महिला तथा पूर्ण आपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमवीच सम्मान गरिएको छ ।

वडा नं. ६ को बजारीकरणको रुपमा बिकसित हँुदै गैरहेको बडाखोलीमा उक्त सम्मान कार्यक्रम सम्पन्न्न भएको हो । उक्त सम्मान कार्यक्रममा महिला स्वयम्सेविका सम्मान स्वरूप पचास हजार बिनियोजन गरिएको र उक्त रकमबाट १८ जना स्वयम्सेविका लाई झोला, छाता अनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यस्तै जेष्ठ नागरिक, एकल महिला तथा पूर्ण आपाङ्गता भएका व्यक्तिहरुको लागि एक लाख पचहत्तर हजार बिनियोजन गरिएको र उक्त रकमबाट छाता, झुल तथा ठुलो खालको बर्की (पछ्यौरा) ले सम्मान गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष धनीराम जैसीले जानकारी दिनुभएको छ ।

वडा नं. ६ का वडा अध्यक्ष धनीराम जैसीको सभापतित्व तथा उपप्रमुख मैना विकको प्रमुख आतिथ्यता, गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृट टेक बहादुर खत्री र वडा नं. ८ का वडा अध्यक्ष चित्र बहादुर रेग्मीको विशेष आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया