नलगाड नगरपालिकाको पाँच बर्षे उपलब्धी सार्वजनिक

मोहन सिंह
जाजरकोट, २३ चैत्र ।
जिल्लाको नलगाड नगरपालिकाले पाँच बर्षमा गरेका महत्वपूर्ण उपलब्धीहरुको सार्वजनिक गरिएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जनप्रतिनिधीहरुको पाँच बर्षे कार्यकालमा भएका प्रमुख उपलब्धीहरु सार्वजनिक गरेको हो ।

जनप्रतिनिधिहरुको ६० महिना, १,८२५ दिनको कार्यकाल आगामी बैशाख ३० गते पुरा हुनेछ । प्रमाण–पत्र प्राप्त गरेको दिनबाट मंगलबार चैत्र २२ गतेसम्म १७८२ दिनपछि कार्यकालमा हाँसिल गरेका उपलब्धिहरुको जानकारी दिन पत्रकारहरुमार्फत आउने जनताका गुनासो, असहमति टिप्पणी र प्रतिक्रियाहरु सुन्न र जानकारी लिनका लागि यो पत्रकार सम्मेलनको आयोजना गरिएको नगर प्रमुख टेक बहादुर रावलले जनाउनु भएको छ ।

२०७४ सालमा नलगाड नगरपालिकाले निर्माण गरेको नगर प्रोफाइल भन्दा पनि तत्कालिन अबस्थामा नलगाड नगरपालिकाको वडा नं. १ देखि १३ सम्म रहेका १६ वटा मतदान स्थलका १६ वटै मतदान केन्द्रमा खानेपानी उपलब्धता, शौचालयको ब्यबस्थापनको काम गरिएको बताइएको छ ।

नगरपालिकाभित्र कच्ची, पक्की, गोरेटो सडकका प्रकार, बिद्युत सुबिधा, इन्टरनेट सुबिधा, मोबाइल नेटवर्कको सुबिधा जस्ता सुचकहरुमा गर्रिको सर्बेक्षण नगरपालिकाको समग्र प्रगति एबं उपलब्धिहरुको आधारमा प्रदेशमै उत्कृष्ट बन्न सफल भएको नगर प्रमुख रावलले बताउनुभयो ।

नलगाडले गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बाल कुमार शर्मा लगाएत सम्पुर्ण जाजरकोटका पत्रकारहरुको उपस्थित रहेको थियो । भौतिक पूर्बाधारका उपलब्धि लगायत नलगाडले पाँच बर्षमा गरेका उपलब्धि हेर्नका लागि फोटो स्केनमा गएर हेर्न सकिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया