कोरोना घटेपछि रारामा पर्यटक बढ्न थाले

सुर्खेत, २२ चैत्र ।
कोरोना संक्रमण दर घटेपछि प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । घुमघाम गर्ने उपयुक्त समय वसन्त ऋतु भएकाले पनि आन्तरिक पर्यटकको चहलपहल बढेको होटल व्यवसायीको भनाई छ ।

बसन्त ऋृतु को सुरुवातसंगै पर्यटकहरुको चहलपल बढेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । गएको फागुन महिनादेखि दैनिक ३० देखि ५० जना आन्तरिक र बिदेशी पर्यटक राराको भ्रमणमा आउन थालेको निकुञ्ज संरक्षण अधिकृत बद्रीबिनोद दाहालले जानकारी दिनुभयो ।

गत बर्ष कोरोनाको कारणले सुनसान बनेको रारा ताल यो आर्थिक बर्षमा कोरोना न्यूनीकरण भएपछि रारामा आन्तरिक पर्यटक ५ हजार १ सय २८ जना, रामसार पर्यटक ५ जना र बिदेशी पर्यटक ५३ जना रारा भ्रमणमा आएको दाहालले बताउनुभयो ।

पर्यटकको आगमन कम हुँदा लामो समयदेखि कामबिहिन बनेका रारा आसपासका होटल व्यावसायीहरु आन्तरिक पर्यटक आउन थालेपछि उत्साहित बनेका छन् ।

रारा भ्रमण गर्न आउने पर्यटक कोही कर्णाली राजमार्ग भएर आउनेगरेको र कोही नेपालगञ्ज हुँदै हवाई मार्गबाट आउनेगरेको निकुञ्ज कर्मचारीहरुको बुझाई छ ।

रारा ताल्चा वायुसेवा कार्यालयका स्टेसन प्रमुख नेत्र भामकाअनुसार यात्रुको चाप बढेकाले नेपाल वायुसेवाले हप्ताको चार बार सहुलियत उडान भर्दै आएको छ । अन्य उडान रारा घुम्न आउने पर्यटकका लागि सहज हुने उद्देश्यले चार्टर उडान गरिदैआएको छ ।

रारामा पर्यटकको संख्यामा बड्न थालेपछि रारा राष्ट्रिय निकुञ्जको राजश्व यो आर्थिक बर्षमा १० करोड १६ लाख १२ हजार रुपियाँ संकलन भएको राष्ट्रिय निकुञ्जका सुचना अधिकारि पदम बुढाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया