आठ छोरी जन्मिदा पनि अझै छोराको पर्खाइ

बरम बहादुर ऐडी
मुगु (गमगढ), १६ चैत्र ।
मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नं. १२ मा स्थायी रुपमा बसोबास गर्दै आउनु भएका श्रीमान रन्न ऐडी ४६ बर्ष र उहाँको श्रीमतिको उमेर ४९ बर्ष भयो ।

यीनीहरुको आफ्नै कथा छ, यी दुई श्रीमान्–श्रीमतिको अहिलेसम्म आठ वटी छोरी जन्मिएकी छन् । अहिले साथमा ७ वटी छोरी छन् भने एउटी छोरी जन्मिने बेला मरेकी जनाएका छन् ।

जेठी छोरीको उमेर २० बर्ष र कान्छी छोरी ३ बर्षकी भएकी छन् । हुन्त भनिन्छ छोरा–छोरी एउटै सन्तान हुन तर पनि पुरानो परम्परा अनुसार त्यो कुरालाई नस्वीकार्ने गरेको पाईन्छ ।

यिनी दम्पतिले छोराको आसमा अनेक देबि, देवताको पुजा पाठ गरे, जोतिषि सङ्ग पनि मन्त्र जपाय तरपनि अहिलेसम्म छोरा जन्मिएको छैन । त्यहि आसमा दुबै परिवारले कुनै पनि परिवार नियोजनको अस्थायी तथा स्थायी साधन प्रयोग नगरेको बताएका छन् ।

अनि अहिले जेठि छोरीको बिवाह गरेका छन् । उनी अहिले माईती घरमा बस्दै आएकी छन् उनीबाट पनि दुई वटी छोरी जन्मिएका छन् । अझ झन दुबै बुढाबुढी तनाबमा भएका छन् ।

अनि घरपरिवार चलाउनको लागि आफुले भेडा ब्यवसाय गरेको र श्रीमतिले खेति किसानको काम गर्ने गरेकी छन् एकदमै मेहनती यो परिवार गाउँकै उदाहरणिय किसान हुन ।

तपाईको प्रतिक्रिया