चिङ्गाडमा राप्रपाको चुनावी अभियान

चिङ्गाड (सुर्खेत), १० चैत्र ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुर्खेतको चिङ्गाड गाउँपालिकामा चुनावी अभियानलाई तिव्रता दिएको छ । सोही क्रममा निर्वाचन केन्द्रीत सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

बुधबार राप्रपा प्रदेश कमिटी सचिव सूर्य बहाुदर शाहीले एक कार्यक्रमवीच कार्यालयको उद्घाटन गरेका हुन । चुनावी प्रचार प्रसार र गठबन्धन निर्माणलाई निरन्तरता दिने उद्देश्यले कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा अमर सिंह, राजन रावत, टोपेन्द्र चन्द लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

राप्रपाले चिङ्गाडका ६ वटै वडामा वडा कार्यसमिति चयन गरी यही चैत्र २९ गते बृहत चुनावी प्रचार आमसभा गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा विभिन्न प्रमुख राजतीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादीबाट ठुलो संख्यामा नेता तथा कार्यकर्ता भित्र्याउने तयारी गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्न राप्रपाका महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र बहादुर शाही, केन्द्रिय उपाध्यक्ष मुकुन्द श्याम गिरी लगायतका नेताहरुले सम्बोधन गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया