घुयँत्राे : आको सिंहदरबारले भष्टाचारको खोलै बगायो

चुनाउको मौसम भएर त होला नेतारु बाईर भित्र गर्नलाका हल्ला, चैतै हुरीझैँ सुस्साउँदै गाउँभरि फैलिन थाल्याछ । वडाका चैतेहरुदेखे देश परदेश हाक्नेहरुसमेत दलबदलुको नसाँ चुर्लुम्मै डुब्याछन । आँफुले कामगरिरा दलले टेरपुच्छुर नलाएछि कुन पाटियाँ घुसेर हल्लाखल्ला मच्चाउन सकिन्छ र अस्थिरता मच्चाउन सकिन्छ भन्ने दाउमा लाग्नेहरुकोनि ऐले बाढिनै आउन थाल्याछ ।

त्यतिमात्रै होर१ दलबदलुको गुप्त मन्त्र उपभोक्ता समितियाँ बसेर भष्टाचारको खेलखेल्ने देखिलेर जागिराँ सरुवा गर्ने र समाजाँ अस्थिरता मच्चाएर आफ्नो डन प्रवृति कायम राख्ने सम्मका लक्षलेर ऐले मान्छेहरू चुनावि प्रचारका कमिटिदेखि पाटिले चलाका प्रशिक्षण कार्यक्रमका मन्चाँ समेत नेताहाताट टिकट लिने र मनको लड्डु घ्युसित खाने काम आजकाल जोडतोडले चलिराछ ।

यी पाटिमा छिर्नेहरु र पाटिले प्रवेशगराको मान्छेहरको संख्या हेर्दा एउटै दलमा प्रवेश गर्नेको संख्या नेपालको जनसंख्याको आँकडा एउटै दलको होला जस्तो छ । यो पटकको चुनाबाँ हामी चुनाउ लडन तयारछौँहै भनेर ७३ दले निर्वाचन आयोगाँ दर्खास्त देको भन्ने सुनिन्छ अब ती अरु ७२ दलले कसका भोट पाउने हुन ।

कईँ कतै सानो भेटघाट गर्योकि पाटि प्रबेस गर्या मान्छे भनेर यामानको लिस्ट पत्रकारलाई थमाएर समाचाराँ यी मान्छ्या नाम हाल्दिनु पर्यो है यी सब हाम्रो पाटियाँ आए भनेर सानका साथ पाटिले यो चुनाबाँ बहुमत ल्याएरै छोडने बखान गरेर नेताहरु थाक्या देखिन्न । के गर्ने जनता दुखभने आँफैसितछन ।


जनता दुख हर्छम भनेर फकाउने नेता पछि लागेर जनताले कतिपटक भोट दे दे तर पाटिले जनतालाई छलकपट,षडयन्त्र र दुख्खबाहेक केही दिएनन । गाउँगाउँमा आको सिंहदरबारले भष्टाचारको खोलै बगायो बेलाबेलाँ सत्तारुढ बन्ने दलका कार्यकर्ता , नेतादेखि तिनको छाँयाँमा पालिने कर्मचारीले समाज र अफिसाँ अस्थिरता, अराजकता र भष्टाचार यसरी मौलाएकाछन कि लाग्छ अब यो देशका राजनीतिमा जोडिने र रमाउने अनि कर्मचारीका नाममा सेवाग्राहिलाई सेवा भन्दा कमाईलाई पेवा मान्ने अराजक कर्मचारीको जत्था कहिल्यै सुध्रिँदैन ।

चुनाउ र देशमा देखिने अस्थिरता र संकटलाई अबसर मानेर कालोबजारी र महंगीमाथि आफ्नो विर्तानै सम्झनेहरुले त झन दिन दो गुना रात चौगुनाकादरले आफ्नो खेलो बढाएकैछन । यसका विरुध्द न सरकार बोल्छ न चुनाउमा भोट माग्न आउनेहरु बोल्छन । त्यसै सान्य जनतालाई भने जो जुन सुकै पाटिमा जाउन उनरलाई बालमतलब छैन ।

तर नेता र कार्यकर्ताहरुभने तँछाडमछाड गरेर दलबदलुमा भिडि रहेकाछन । उनका शुभचिन्तकहरुनि आउने मान्छेको गुणगानमा घुँडाधसेर सामाजिक सन्जाल रंग्याउन लागि पर्याछ भने पाटि छोडेर जानेका बिरुध्द आगो उगेलेकोछ । त्यो देखेर हामी पाठक वा सन्जाल प्रयोगकर्ता भने त्यो चर्तिकला देखेर मनग्गे मनोरन्जन ल्याछम ।हेरम चुनाउसम्म के कति भगदड मच्चिने हो १ जयहोस दलबदलुको ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार