लघुकथा : शिलान्यास

नारायण विक्रम जिसी/लघुकथा समाज कर्णाली प्रदेश ।

आज विहानै हाम्रो गाउँको चिया,चौतारीमा गाँईगुँई हल्ला चल्दै थियो । भोलि बिहान मन्त्री जी आउने रे!भोलि मन्त्रीआउने कुराले प्रतिपक्षलाई राम्रै मसला मिल्यो गफ गर्ने र उनीहरू उनका बारेमा स्वर व्यञ्जन वर्ण मा कुरा गर्न भ्याइसकेका थिए । यता पक्षका कार्यकर्तालाइ भोलिको कार्य क्रम भव्य र सफल बनाउन र आफ्ना मन्त्रीको स्वागत गर्नका लागि तल्लीन देखिन्थे ।

निर्वाचन आयोगले चुनावको मिति घोषणा गरिसकेको थियो । सरकारको आयु पनि छोटिँदै थियो । बजेट खर्च अन्तर्गत बाँकी रहेका रकमहरू स्वाह!गर्नका लागि बनाइएको विकासका पूर्वाधार विकास कार्यक्रम प्रष्ट देखिन्थ्यो । विहानको चिया चौतारीको हल्ला बास्तविक रहेछ । मन्त्री जी लाई अहिले शिलान्यास भ्याइ नभ्याइ रहेछ । गाउँ मा मन्त्रीको सवारी हुनुभन्दा पहिले बर्षामा भैँसी आहाल खेल्ने मिल्ने र रोपाइ गर्न मिल्ने बाटाहरू अहिले पूरिएका रहेछन् । धूँलो उडाउँदै झन्डावाला गाडी चियापसल अघिल्लतिर आएर टक्क रोकियो ।

झटपट सुरक्षाकर्मी झरेरे गाडीको ढोका खोल्यो । त्यतिबेलासम्म उडेको धुलो बसिसकेको थिएन । मन्त्री झरे । कार्यकर्ताहरूको भीड बिहानैदेखी चियापसलमा उनको स्वागतको लागि उपस्थिति थियो । मन्त्री झरे । मानिसहरु आश्चर्यको भावले हेर्दै जिब्रो टोक्दै भन्दै थिए –बिर्खे! खासखुस कुरा गर्दै थिए । कति भाग्यमानी है । दुई–दुई पटक मन्त्रीको पद पडकायो ।

खप्पर त लिएर आएको हो? है! केको खप्पर भन्छस,अर्को थप्दै थियो–राजनीति र लाजनीतिमा अपुताली परेपछि । के गर्छस? चिया पसलमा चिया पिए पछि हानिए अस्पताल भवनको शिलान्यास गर्न । भवनको लागि ठूला ठूला खाल्डा खनिसकिएको थियो । शिलान्यासका लागि तसलमा मसला र इँटा , नरिवल, धूपदीप ,अबिर केसर ी,लडडु र जेरीसहित फूलपत्र चाहिने सामग्रीहरू पहिले नै तयारी थियो ।

कार्यकर्ता को पनि बाक्लो उपस्थिति थियो मानौ कि मन्त्री जी ले आफ्नै लगानीमा अस्पतालको शिलान्यास गर्दै थिए । त्यही बेला अर्कोले बोल्दै थियो । पहिलो पटकपनि यस्तै तामझाम फोटो सेसनसहितको विद्यालय भवनको शिलान्यास बिर्से होलान की?है!पन्डित मन्त्रोच्चारण गरदै थिए । सबैले जोडतोडले ताली बजाए । शिलान्यासले पनि नजिकैको बिद्यालयलाइ हेरिरहेको थियो ।श्र  है ! पन्डित मन्त्रोच्चारण गर्दै थिए । सबैले जोडतोडले ताली बजाए । शिलान्यासले पनि नजिकैको बिद्यालयलाइ हेरिरहेको थियो ।

तपाईको प्रतिक्रिया