एमाले परित्याग गरी नेतृ दुर्गादेवी खत्री नेकपा (एस) मा प्रवेश

नेपालगन्ज, ५ चैत्र ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति तोकिए संगै बाँकेको स्थानीय तहमा राजनैतिक दलहरु नेता तथा कार्यकर्ता भित्राउन सक्रिय बन्दै गएका छन् ।

सोही क्रममा नेकपा एकीकृत समाजबादी बाँकेले खजुरा गाउँपालिका ४ मा प्रभावशाली महिला नेतृलाई पार्टिमा भित्राएको छ । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एकीकृत समाजबादी बाँकेले खजुरा गाउँपालिकामा नेकपा एमालेको सकृय महिला नेतृ तथा सहकारीकर्मी समेत रहेकी दुर्गा देवि खत्रीलाई पार्टिमा भित्राएको हो ।

शनिबार नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य दल बहादुर सुनार सहित लाल बहादुर खत्री, भद्र प्रसाद देवकोटा, पदम धिताल, दिपक जिएम लगायतको सहभागीतामा पार्टी प्रवेश गराइएको थियो ।

नेकपा (एमाले) परित्याग गरि खजुरा गाउँपालिका वडा नम्बर ४ निवासि समाजसेवी ससक्त महिला नेतृ दुर्गा देवि खत्री, लोक बहादुर खत्री नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेकोमा खुसी ब्यक्त गर्दै नेकपा समाजबादीका नेताहरुले पार्टीमा स्वागत गरेका छन् ।

खजुरा गाउँपालिकामा राम्रो पकड राख्न सक्ने महिला नेतृत्व समाजबादी आन्दोलनमा सहभागी भएको र यो क्रम खजुरामा मात्रै नभएर बाँके जिल्ला भरी नै चल्ने नेकपा एकीकृत समाजबादी बाँकेका नेता ऋषि पोखरेलले बताएका छन् ।

तपाईको प्रतिक्रिया