प्रलेसको कर्णाली प्रदेश सम्मेलन तथा कृति विमोचन

रगवीर विश्वकर्मा
सुर्खेत, ५ चैत्र ।
प्रलेस नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा दोस्रो सम्मेलन तथा रगवीर विश्वकर्माद्वारा लिखित दलित–मुक्ति गजल–संग्रहको विमोचन गरियो ।

प्रमुख अतिथि प्रलेस नेपाल केन्द्रीय सचिव प्रकाश थापाले प्रलेस सामन्तवाद तथा साम्राज्यवाद बिरोधी साहित्यकारहरूको साझा संस्था हो जसले देश र जनताको हितमा भएका कामको समर्थन र अहितमा रहेका कामहरूको घोर बिरोध गर्दछ भन्ने कुरा बताउनुभयो ।

विशेष अतिथि राष्ट्रीय जनमोर्चा केन्द्रीय सदस्य रत्नविक्रम प्यासीले राष्ट्रघाती एमसिसी पास गर्ने कम्युनिष्ट नभएर पककूजीवादी संसदवादी दलाल मात्र भएको र उनीहरूको गायत्रीमन्त्र दिल्ली र वाशिंटनमा निर्माण हुने गरेको बताउनुभयो ।

प्रमुख अतिथिबाट विमोचित कृतिमाथि समीक्षा गर्दै बलभद्र भारतीले रगवीर विश्वकर्मा–विनयको दलित–मुक्ति गजल–संग्रहले समाजमा दलितमाथि गर्दै आएको अमानवीय सम्पूर्ण भेदभाव, छुवाछुत, अन्याय–अत्याचारहरूको उजागर गर्दै त्यसको अन्त्य गरी न्याय र समानतामा आधारित समाज निर्माण गर्नका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नु पर्ने सेरोफेरोका गजलहरू समेटेको बताए ।

म.प. गजल मञ्चका अध्यक्ष धिरेन थापा अनुपम, नेपाली लेखक संघ सुर्खेतका सह–सचिव महेन्द्र चन्द महासागर,साहित्यकार लोकराज गौतम, सहीद स्मृति पुस्तकालयका अध्यक्ष भानुभक्त भारती,जनपत्रकार संगठनका केन्द्रीय सदस्य जगदिशनाथ योगी राजकुमार, नेपाली साहित्य पत्रकार संघका केन्द्रीय सदस्य जगत वाशिष्ठ उपस्थिति रहेको थियो ।

त्यसैगरी भेरी साहित्य समाजका अध्यक्ष थानेश्वर लामिछाने, प्रलेस नेपाल सुर्खेत शाखाका अध्यक्ष जागेश्वर नेपाल, सल्लाहकार पूर्ण भण्डारी, प्रलेस केन्द्रीय सदस्य डा.दिपक गौतमलगायतको शुभकामना दिनुभएको थियो ।

उक्त सम्मेलनमा धिरेन अनुपम, महेन्द्र चन्द, लोकराज गौतम, जागेश्वर नेपाल, देवप्रकाश सिंह, पूर्ण भण्डारी पंकज, रत्ना अधिकारी, रगवीर विश्वकर्मा लगायतले आ–आफ्नो रचना वाचन गर्नुभयो ।

तीन लाख चार हजार हजारको आर्थिक प्रतिवेन, प्रगति प्रतिवेदन र समसामयिक प्रस्तावसमेत पास गर्दै युद्धविक्रम शाहीको अध्यक्षतामा २३ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको उक्त सम्मेलनमा युद्धविक्रम शाहीको स्वागत, हरिलाल महताराको संचालन र गिरीप्रसाद बुढाको अध्यक्षता रहेको थियो ।

तपाईको प्रतिक्रिया