नेपाल शिक्षक महासंघद्धारा मागपत्र पेस

बसन्त कुमार शर्मा
सल्यान, ५ चैत्र ।
नेपाल शिक्षक महासंघ कुमाख गाउँपालिका कमिटीले कुमाख गाउँपालिकालाई विभिन्न माग राख्दै मागपत्र पेश गरेको छ । गाउँपालिकामा विद्यार्थी र शिक्षकको पेशागत बिकासको निम्ति नेपाल शिक्षक महासंघ कुमाख गाउँपालिकाले शनिबार बसेको बैठकले विभिन्न १२ बुद्धे माग पत्र तयार गरेको हो ।

शैक्षिक क्रियाकलाप सुधार सम्बन्धि मागपत्र शिक्षा युवा तथा खेलकुद शाखा कुमाख गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक कुमार चन्द बुझाएका छन् । उल्लेखित माग समयमै पूरा नभए आफूहरु काम गर्न नसक्ने कठिन परिस्थितिको सामान गर्नु पर्ने नेपाल शिक्षक महासघ कुमाख गाउँपालिका सल्यानका अध्यक्ष देबेन्द्र रावतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया