घुँयत्राे : एमालेहरले “भत्ता स्विकार सदन बहिष्कारकाे नीतिलेछि …

प्रधानन्यायाधीश त अप्ठ्याराँ फल्या फर्सिझैँ लडक्यालडक्यै हुने भाे त हँ । हुनत उनले जति अप्ठ्यार्याइँ गरेर पदाट राजीनामा नदेर जागिराँ ढुक्याढुक्यैगरेर वकिलसापहरकाे अान्दाेलन त्वाए त्यस्तै गरेर सरकारले नि उनीमाथिकाे महाअभियाेगाँ छलफलै नगरेर सदनकाे अन्त्य गर्द्याे त हँ ।

जसरि चाेलेन्द्रले सरकारलाई अटेर गर्याथे सरकारलेनि त्यस्तैगरि इटका जवाफ पत्थरसे गर्देछि चाेलेन्द्र समशेर ले अघिल्ला प्रधान न्याधिस चाेलेन्द्रलाइ जस्ताे व्यवहार गर्याथे ऐले अाँफूमाथि त्यै व्यवहार दाेरियछि कैले काइँ अाँफुले जाशिमाथि गर्या व्यवहार चाेलेन्द्रले सम्झिँदाहुन कि नाई ?

हुन त हिन्दिमे कहावतनैछ भगवानके घरमे देरहै अन्धेरनहि भन्छन ऐले चाेलेन्द्रमाथि पर्या खेल देख्दा त कहावत साँच्चै हाेकि जस्ताेपाे लाग्न लायाेत ! एमालेहरले “भत्ता स्विकार सदन बहिष्कारकाे नीतिलेछि दिक्क भकाे देउबा सरकारले एमालेहरलाई सदनाँ मुट्ठीकसेर झगडा गर्ने हैनकि विधेयक बनाउने हाे भनेर सांसदहरकाे जिम्मेवारी सम्झाउँदा सम्झाउँदा दिक्क भएछि यी “बा” का सन्तानहरलाई कति भत्तामात्रै पाेसी रहने हाे ।

बरु घाेषणा भैसक्या चुनाउका पछि लाएछि केई हाेला एमाले सम्झाएर सकिन्न भनेर सदनकै अन्त्य गरेर चुनाबाँ हाेम्मिने बाटाे खाेजेछि अन्तत बा पाटि र उनका अाफन्तहरुनि राजधानि छाेडेर घरघर जानेनिर्देशन सहित राजधानी छाेडने भएछि बाकाे गाेनाैएक मैनादेखि सदनाँ चल्या अान्दाेलननि तुहियाछ भने त्यै घानमा प्रधान न्यायाधीशको महाअभियाेगनि पर्याछ ।


छिट्टै मुद्दावारपार भएर जितेछि फेरि सरकार थर्काउन जाम्ला भन्ने राणाजीकाे सपना सदनकाे अन्त्यसितै सक्कियाछ । यै पटक छिनाेफानाे भाभा एमालेले चाेलेन्द्रकाे महाअभियाेग बिरुध्दकाे मुद्दाँ चाेलेन्द्रलाई काँध हालेर महाअभियाेग तुहाउने र अदालताँ फेरि अरु खेलखेल्ने अभिलाषा बाकाेथ्याे तर न त बाकाे सपना पूराभाे न राणाकाे सपना ! सदनकाे अन्त्यले त अान्दाेलन गर्दागर्दा लखतरानभाका कालाेकाेटधारी साथीहरलाई नि केहदिन राहत मिल्ने देख्छु मत !

जति अान्दाेलनगरेनि राणाले टेरपुच्छरै नलाएछि बिचराहरलाई के गरम र कसाेगर्म भनेर उकुसमुकुस भैराथ्याे अन्तत सरकारलेनै महाअभियाेगाँ छलफल नगराएर सदन बन्द गर्देछि केई समय राणाजी लटक्यालट्क्यै गर्यादेखेछि चित्त बुझाउने बाटाे त हाेला । एकपछि अनेक नाैलाघटना दाेहाेर्याएर देशलाई नाैटंकिकाे मैदान बनाका दलहरुले याे पटक महाअभियाेग माथि छलफलै नगरेरनि सदन भंग गर्न मिल्ने नजिर कायम गर्याछन ।

हेराैँ हरकुराकाे अभ्यासकाे थलाे बनेकाे नेपालाँ याे पनि त याैटा अनुभबै बटुल्ने अबसर हाे । हामीजत्तिका भाग्यमानि पुस्ता यसपछि सजिलै काँ भेट्टियलान र त्यसैले अाँफैले अाँफैलाई भन्न मन लायाे “हाम्राे जयहाेस । ” अनि यस्ता घटनाका जन्मताहरुलाई झनधेरै जयहाेस । तर अप्ठ्याराँ फल्या फर्सिजस्ताे लडकिरहने जिन्दगी कसैले नपाअाेस ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार