माओवादी हुम्लाको संयोजकमा डा. रोकाया चयन

हुम्ला, ४ चैत्र ।
नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) को जिल्ला संयोजकमा डाक्टर दीपेन्द्र रोकाया चयन हुनुभएको छ । केही दिन अघि सो पार्टीको प्रदेश समितिका पदाधिकारीको बैठकले डा. रोकायालाई हुम्ला जिल्ला समन्वय समितिको संयोजकमा चयन गर्ने निर्णय गरेको थियो ।

उक्त पार्टीको कर्णाली प्रदेश समितिका सहसचिव लाशकेश जैसीले डा. रोकाया माओवादी केन्द्र हुम्ला जिल्लाको संयोजकमा चयन भएको बताउनुभयो । जनयुद्धकाबेला पत्रकारितामार्फत माओवादी युद्धलाई सहयोग गर्दैआएका डा. रोकाया हाल कर्णाली प्रदेश समितिका सदस्य रहनुभएको छ ।

जिल्ला संयोजकमा चयन भएपछि उहाँले जिल्लामा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने चुनौती थपिएकाले त्यसैअनुसार लाग्ने बताउनुभयो । उहाँ कर्णाली प्रदेश योजना आयोगको पनि सदस्य हुनुहुन्छ । यसअघि केही समयका लागि जिल्ला संयोजकमा काम चलाउन माओवादी पार्टीका पूर्व अध्यक्ष लालकेश जैशीलाई जिम्मेवारी दिइएको थियो ।

त्यसैगरी माओवादी केन्द्र जिल्ला समन्वय समितिको सचिबमा धर्मराज बोहरा चयन हुनुभएको छ । यसअघि सो पद खाली रहँदैआएको थियो । बोहरा केही दिन अगाडि माओवादी केन्द्रमा एकता घोषणा गरेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । एकता भएर आएका सो पार्टीका अन्य नेतालाई भने कुनै जिम्मेवारी दिइएको छैन् ।

तपाईको प्रतिक्रिया