चुनाबको मुखैमा हुम्लामा कोरोना संक्रमण पुष्टि

केबी थापा
हुम्ला, ३ चैत्र ।
सरकारले घोषण गरेको स्थानीय तहको निर्वाचन आउँन थोरै दिन मात्र बाँकी रहँदा हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा २ जनामा संक्रमण पुष्टि भएको छ । झण्डै डेढ महिनादेखि कोरोना संक्रमण शून्य रहेको हुम्लामा फेरि दुई जनामा पुनः कोरोना संक्रमण देखिएको हो ।

मंगलबार बेलुका जिल्ला अस्पताल हुम्लामा एन्टिजिन परीक्षण गर्दा दुईजनामा कोरोना संक्रमण देखिएको जिल्ला अस्पता हुम्लाका सिनिएर अनमी सरीता बोहराले जानकारी दिएकी हुन् ।

उनका अनुसार संक्रमणको लक्षण देखिएपछि उनिहरुलाई परीक्षण गर्दा जनामा कोरोना संक्रमण पुष्टि हो । संक्रमण पुष्टि भएका दुईमध्ये एकजनामा स्वास्थ्य जटिल देखिएको र उनको एचडीयुमा उपचार भइरहेको छ संक्रमित दुई जना अहिले स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

संक्रमित सिमकोट गाउँपालिका–४ को हिल्दुम गाउँ र सर्केगाड गाउँपालिका वडा नम्बर तीन उनापानी गाउँका पुरुष अर्का एक जना जिल्ला अस्पतालको आइशोलेसनमा र एक जना संक्रमित होम आइसोलेशनमा बसेको बोहराले बताउनु भयो ।

गत माघ ९ गते तेस्रो लहरअन्तर्गत हुम्लामा सिमकोट गाउँपालिकाका स्वास्थ्यकर्मीसहित नौ जनामा पहिलोपटक कोरोना देखिएको थियो । त्यो समयमा १६ जनामा कोरोना संक्रमण भएको थियो । माघ २४ गतेबाट हुम्लामा कोरोना मुक्त भएको थियो ।

गत असोजपछि माघ ९ गतेसम्म जिल्लामा कोरोना संक्रमण शून्य रहेका भएपनि पुन संक्रमण पुष्टि भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।

कोरोना पुनः देखिएकोले सबैलाई सचेत रहन स्वास्थ्य सेवा कार्यालयले आग्रह गरेको छ । रुघाखोकीका बिरामी बढी रहेकाले कोरोना सक्रमण बढ्न सक्ने चेतावनी कार्यालयले दिएको छ । कार्यालयका अनुसार कोरोना देखिएकाले परीक्षणको दायरा बढाउनुपर्ने माग सबैतिरबाट आएको बताएको छ ।

निर्वाचन नजिकिए सँगै हुम्ला जिल्लाका राजनितिक दलले भने यती बेला ठुल ठुला कार्यक्रमहरु गरी रहेका छन् । केहि समय अघि मात्र नेकपा माओबादी केन्द्र र जनता समाजबादी बिचको एकता भन्दै प्रदेश स्तरका नेताहरु र मन्त्रीहरुनै लगेर ठुलो आमसभा गरेको छ ।

यता नेकपा एमालेले भने जिल्लाको दक्षिणी क्षेत्र ताँजाकोट गाउँपालिकाबाट सुरु गरेर जिल्लाको मध्ये भेग सर्केगाडमा चुनाबी सभाझै आम सभागर्दै हिडेको छ । चुनाब नजिकिनु र जिल्लामा कोरोना संक्रमण जोखीम बढ्नु एकै पटक भएकाले नागरीकहरु त्रसित भएका छन् ।

तपाईको प्रतिक्रिया